९ चैत्र २०८२, सोमबार | March 23, 2026

भूकम्पका घाइते डिस्चार्ज भएपछि भेरीको ‘डिजास्टर वार्ड’ खाली



नेपालगन्ज । जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरु उपचार पछि घरघर फर्केसँगै नेपालगन्जस्थित भेरी अस्पतालको डिजास्टर (विपद्) वार्ड खाली भएको छ ।अस्पतालमा भर्ना भएका सबै घाइतेहरु उपचार पश्चात राहत सहित घर पठाएपछि विपद वार्ड खाली भएको हो ।

भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई उपचार सेवामा सहजता प्रदान गर्न घाइतेहरुको मात्र उपचारका लागि अस्पतालले अलग्गै ‘डिजास्टर वार्ड’को ब्यवस्थापन गरेको थियो ।

अस्पतालमा भर्ना भएका बिरामी मध्य केही रिफर गरिएको र बाँकी सबै घाइते निको भएर डिस्चार्ज हुँदै घर फर्कन थालेपछि विपद् वार्ड खाली भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनले उपचाररत ६ जना मात्र भूकम्पका घाइतेहरु अस्पतालमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य भएका कारण अस्पतालको पेइङ्ग वार्डमा राखेर उपचारको ब्यवस्था मिलाइएको जानकारी दिए ।

सोमबार मात्र दुई जना बिरामी निको भएर डिस्चार्ज भएर घर फर्केको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोमबार रुकुमपश्चिम्का १० वर्षीय बालक जगदिश दमाई र जाजरकोटका ४८ वर्षीय विमलकुमार कार्की डिस्चार्ज भएका छन् । कार्की अस्पताल पुगेका पहिलो घाइते हुन् ।

आइतबार पनि अस्पतालबाट उपचारपश्चात निको भई थप ६ जना घाइते विरामी डिस्चार्ज भएर आफनो घरतर्फ प्रस्थान गरेका थिए । आइतबार जाजरकोटका चारजना र रुकुमपश्चिम्का दुई जना गरी ६ जना भूकम्पका घाइते बिरामीहरु उपचारपश्चात् निको भई डिस्चार्ज भएर घर पठाइएको श्रेष्ठले बताए ।

भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइएका ५८ जनामध्ये यसअघि ४६ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् । सोमवारसमेत गरी ४८ जना बिरामी निको भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएर घर फर्किएका बिरामीलाई घरसम्म पुग्न एमडीएम फ्रान्सले निःशुल्क गाडीको व्यवस्था गरिदिएको छ । बाँके युनेस्को क्लबको सहयोगमा जनही २५ किलो चामल, ५ किलो दाल र २ लिटर तेलसँगै जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले १–१ सेट त्रिपाल, २–२ वटा कम्बल र १–१ कार्टुन मिनरल वाटर प्रदान गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ६ : ०९ बजे

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले

सुनको मूल्य लगातार घट्दो, सोमबार प्रतितोला ६ हजार ५०० रुपैयाँले कमी

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड