२६ माघ २०८२, सोमबार | February 9, 2026

विश्वकप क्रिकेट : सेमिफाइनलमा आज भारत र न्यूजिल्याण्ड खेल्दै



काठमाडौं । एकदिवसीय विश्वकपको पहिलो सेमिफाइनल खेल आज मुम्बईमा हुँदैछ । जारी प्रतियोगितामा अपराजित रहँदै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको भारत र २०१९ को उपविजेता न्युजिल्याण्डबीच वानखेडे मैदानमा दिउँसो २:१५ बजे खेल सुरु हुनेछ ।

भारतीय टिम आठौं पटक एकदिवसीय विश्वकपको सेमिफाइनल खेल्न लाग्दा न्युजिल्यान्डको भने यो नवौं सेमिफाइनल खेल हो । दुवै टोली प्रतियोगितामा लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन् । भारतीय समर्थकहरू लगातार दोस्रो पटक न्युजिल्यान्डको हातबाट हार चाहनन् । यसअघि २०१९ को म्यानचेस्टरमा भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको थियो ।

यो पटकको विश्वकपमा भारतले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको छ । टोलीले हरेक क्षेत्रमा आफूलाई उत्कृष्ट प्रमाणित गरेको छ । भारत लिग चरणमा सबै ९ खेल जितेर तालिकाको शीर्ष स्थानमा रहँदा सबै दाबेदारलाई समूहचरणमा फराकिलो अन्तरले हराएको थियो । न्युजिल्यान्डले भने समूहचरणमा ९ मध्ये ५ खेलमा जित हासिल गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

हेड टु हेडमा न्युजिल्यान्ड बलियो

एकदिवसीय विश्वकपमा न्युजिल्यान्डको इतिहास राम्रो रहेको छ । प्रतियोगितामा दुई टिमबिच कुल १० खेल भएका छन् । जसमा ५ खेलमा न्युजिल्यान्ड र ४ खेलमा भारत विजयी भएका छन् । २०१९ मा भएको एउटा खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । दुई टिम पछिल्लो पटक यसै विश्वकपको समूहचरणमा भिडेका थिए । धर्मशालामा भएको खेलमा भारतले ४ विकेटको जित हासिल गरेको थियो ।

समग्रमा भारत र न्युजिल्यान्डबिच कुल १ सय १७ एकदिवसीय खेल भएका छन् । जसमा भारतले ५९ र न्युजिल्यान्डले ५० खेलमा जित निकालेका छन् । ७ खेल नतिजाविहीन रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ८ : १४ बजे

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य