१६ माघ २०८२, शुक्रबार | January 30, 2026

भाइटीकामा लगाइने टीका सप्तरङ्गी की पञ्चरङ्गी ?



नेपालगन्ज । आज यमपञ्चकको अन्तिम दिन, अर्थात भाइटीका (किजापूजा) । आज दिदीबहिनीहरुले दाजुभाईलाई टीका लगाइदिएसँगै तिहार सकिन्छ ।

सामान्यतया सबैले आज भाइटीका लगाइदिँदा सप्तरङ्गी टीका बनाएर लगाइदिने चलन रहँदै आएको छ । परम्परादेखि नै सातवटा रङ्गको टीका लगाउने चलन रहँदै आएपनि शास्त्रीय मान्यतामा भने तिहारको टीका पञ्चरङ्गी हुने शास्त्रका ज्ञाताहरुले बताउने गरेका छन् । उनीहरुका अनुसार शास्त्रले तिहारमा सप्तरङ्गी नभएर पञ्चरङ्गी टीका लगाउनुपर्ने बताएका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङ्गको टीका लगाउनु पर्दछ । उनले शास्त्रमा पाँच रङ्ग नै लेखिएको बताउँछन् ।

तर धेरै स्थानमा परम्पराअनुसार सात रंगका टीका लगाइदिने चलन रहँदै आएको छ । सप्तरङ्गी टीका लगाउनेहरुको तर्क अनुसार ७ वटा ग्रहहरुको नाममा सप्तरङ्गी टीका लगाउनु पर्ने रहेको छ ।

उनीकहरुको तर्क अनुसार भाइटीकाको दिन लगाइने सप्तरङ्गी टीकाले दाजुभाइप्रतिको प्रेम ७ वटा रंगजस्तै गाढा भइरहने भन्ने विश्वास गरिन्छ। धर्मशास्त्रविद्‌हरु सप्तरङ्गी टीका ७ वटा ग्रहसँग सम्बन्धित रहेको बताउँछन्।

ज्योतिषशास्त्र अनुसार ९ वटा ग्रहको महत्त्व हुन्छ। राहु र केतु पनि ग्रह हुन्, तर यी दुई ग्रहले राम्रो फल नदिने हुनाले ७ वटा ग्रहलाई मुख्य मानिन्छ। सप्तरङ्गी टीका पनि तिनै ७ वटा ग्रहसँग सम्बन्धित छन्।

धर्मशास्त्रविद्‌हरुका अनुसार सूर्यले रातो, चन्द्रमा र शुक्रले सेतो, मंगलले कलेजी, वृहस्पतिले पहेँलो, शनिले निलो तथा बुधले हरियो रंग जनाउँदछन् ।

भाइटीका लगाउँदा कुन दिशा फर्किने ?

भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको साधारणतया ख्याल राखेको पाइँदैन। अधिकाँस दाजुभाइ दिदीबहिनीहरुले जता सजिलो हुन्छ त्यतै फर्केर टीका लगाउने चलन रहेको छ । तर धर्मशासत्र अनुसार टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्ने उल्लेख गरेको छ ।

भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई बताउँछन् ।

यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने भएकाले दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्किनुपर्ने उनको तर्क छ । हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम रहँदै आएको छ ।

भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले जनाएको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ८ : ४४ बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता