२ पुस २०८२, बुधबार | December 17, 2025

महिला टी–२० सिरिज : नेपालद्वारा जापानसामु ११४ रनको लक्ष्य



काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानको सामना गरिरहेको छ । नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनाएको छ ।

हङकङमा जारी प्रतियोगितामा नेपालले टस हारेपछि पहिला ब्याटिङ गरेको हो । नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । यस्तै कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् ।

बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन् ।

अहिले जापानले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्मको खेलमा जापानले आठ ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६ रन बनाएको छ ।

बलिङतर्फ नेपालकी पूजा महतो र अश्मिना कर्माचार्यले दुई दुई तथा सङ्गिता राईले एक विकेट लिएकी छिन् ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ९ : ४८ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा