९ चैत्र २०८२, सोमबार | March 23, 2026

भूकम्पबाट प्रभावित रुकुम पश्चिममा एमाले रुपन्देहीले पठायो स्वयंसेवक



बुटवल । नेकपा एमाले रुपन्देहीले भूकम्पबाट प्रभावित रुकुम पश्चिममा पुनःनिर्माणमा सघाउन स्वयंसेवक पठाएको छ ।

एमालेले भूकम्पबाट सयौं भौतिक संरचना भत्किएर क्षति भएको पश्चिम रुकुमको बिसकोट नगरपालिकामा तत्कालको लागि अस्थायी घरटहरा निर्माणका लागि भन्दै रुपन्देहीबाट २० जना स्वयंसेवकको टोली पठाएको हो ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले मंसिर ५ गतेदेखि आगामी १७ गतेसम्म निरन्तर सर्वसाधारणका भत्किएका घरटहरा निर्माणका लागि २० जना स्वयंसेवकको टोली पठाएको जानकारी दिए ।

अध्यक्ष केसीले भूकम्प प्रभावित क्षेत्रमा काम गर्न आवश्यक पर्ने गैंती, बेल्चा, हाते आरा, हथौडा, खुर्पा लगायतका औजार तथा स्वयंसेवकहरुको सुरक्षँको लागि ज्याकेट, पञ्जा, हेलमेट लगायतका आवश्यक सामग्री र खाने बस्ने खर्च समेतको व्यवस्था गरि पठाईएको जानकारी दिए । अध्यक्ष केसीले यसअघि २०७२ सालको भूकम्पबाट ध्वस्त बनेका संरचनाको पूनर्निर्माणको लागि समेत स्वयंसेवक खटाईएको उल्लेख गर्दै अहिलेपनि त्यति बेला काममा खटिएका अनुभवी स्वयंसेवकहरुलाई पठाईएको जानकारी दिए ।

अध्यक्ष केसीले विगतमा जस्तै यसपटक पनि भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको घाउमा मल्हम लगाउने गरी अनुशासित भएर काम गरेर फर्किन टोलीमा सहभागीहरुलाई निर्देशन दिए । नेकपा एमालेले यसअघि नै भूकम्प प्रभावित क्षेत्रमा एकहजार एकसय जना स्वयंसेवक परिचालन गरिसकेको जनाएको छ । स्वयंसेवकहरुले भूकम्पले भत्काएका घरभित्रका सामानहरु निकाल्ने, भग्नावशेष पन्छाउने र जमिन सम्याएर अस्थायी घरटहरा बनाउने काम शुरु गरेका छन् ।

पार्टी केन्द्रको तर्फबाट एकहजार र प्रदेशका एकसय गरी ११ सय स्वयंसेवक भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा खटिएको रुपन्देही अध्यक्ष केसीले जानकारी दिए ।

जाजरकोटमा सातसय र रुकुमपश्चिममा चारसय स्वयमसेवक परिचालन भएका छन् । एमालेका जनसंगठनहरु नेपाल ट्रेड युनियन महासंघ जिफन्ट, अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्ति सहितको स्वयंसेवकहरुको टोलीलाई २८ वटा समूहमा विभाजन गरि मंसिर १ गतेदेखि नै खटाइएको एमाले पोलिटब्युरो सदस्य तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । एमालेले २०७२ सालको भूकम्पमा पनि स्वयंसेवक परिचालन गरी २७ हजार २७६ अस्थायी घरटहरा र १३ सयभन्दा बढी विद्यालयका अस्थायी संरचना निर्माण गरेको थियो ।

गत कात्तिक १६ गते राती जाजरकोटको रामीडांडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एकसय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका छन् । भूकम्पका कारण २६ हजार पांच सय ५७ निजी घर पूर्णरुपमा ध्वस्त भएका थिए ।

त्यस्तै ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको सरकारी तथ्यांक छ । बालबालिका, वृद्धवृद्धा, सुत्केरी, गर्भवती तथा विरामी र अशक्त व्यक्तिहरु झनै विरामी परेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ८ : ५८ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा