७ पुस २०८२, सोमबार | December 22, 2025

आगामी २४ घण्टामा इजरायल-हमास युद्धबिराम सुरू भएको घोषणा गरिने



काठमाडौं । कतारले आगामी २४ घण्टामा युद्धविरामको समय सुरू भएको घोषणा गरिने जनाएको छ । यो युद्धविराम चार दिनका लागि लागू हुने र ‘अझै लम्बिन सक्ने’ पनि बताइएको छ ।

हमासले कब्जामा लिएका इजरायली बन्धकहरूलाई लिएर बहुप्रतिक्षित सम्झौता भएको छ । प्रारम्भिक चरणमा चार दिनसम्मको अस्थायी युद्धविरामको बदलामा महिला र बालबालिकासहित ५० बन्धकहरूलाई रिहा गरिनेछ ।

यद्यपी यी बन्धकहरूलाई कहिले रिहा गर्ने र अस्थायी युद्धविराम कहिलेदेखि लागू हुने भन्नेबारे कुनै जानकारी दिइएको छैन ।

यसबाहेक, प्रत्येक थप १० जना बन्धकहरूलाई रिहा गरेपछि थप एक दिन युद्धविराम हुने पनि सम्झौतामा भनिएको छ ।

यस सम्झौताका सम्बन्धमा हमासले एक विज्ञप्ति जारी गर्दै ५० इजरायली बन्धकको बदलामा इजरायली जेलमा रहेका १५० प्यालेस्टिनी महिला र बालबालिकालाई रिहा गरिने जनाएको छ ।

यस सम्झौता अन्तर्गत मानवीय सहायता, अत्यावश्यक औषधि र इन्धनले भरिएका सयौं ट्रक गाजा प्रवेश गर्नेछन् । हामासको विज्ञप्तिमा इजरायलले चार दिने युद्धविरामको अवधिमा कुनै पनि आक्रमण नगर्ने र कसैलाई पनि गिरफ्तार नगर्ने बताइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १ : ०३ बजे

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने