२९ माघ २०८२, बिहिबार | February 12, 2026

सिरहामा २ वटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु



सिरहा । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् ।

प्रवक्ता पाण्डेका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुवै मोटरसाइकलका चालकले हेलमेट लगाएका थिएनन् । घाइते १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि गए राति नै विराटनगर लगिएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ९ : २७ बजे

१३ औं संस्करणको ‘दीप गायन तारा’ शुक्रबारदेखि सुरु हुँदै

बुटवल । रूपन्देहीका विद्यार्थीमा लुकेर रहेका गायन प्रतिभालाई पहिचान र

राष्ट्रपति पौडेलले गरे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

दाङ । देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा

क्षेत्रीय सहयोग आवश्यक मात्रै होइन, अनिवार्य छ : नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र