२८ माघ २०८२, बुधबार | February 11, 2026

ग्लोबल आइएमई बैंकको साधारणसभाको तयारी अन्तिम चरणमा, लाभांशसँगै आर्थिक प्रस्ताव पारित गर्दै, यस्तो छ १० वर्षको लाभांश इतिहास



काठमाडौ । नेपालको सबैभन्दा ठुलो बैंक ग्लोबल आइएमई बैंकले १७ औ साधरणसभाको तयारी पुरा गरेको छ । मंसिर २८ गते बोलाइएको साधारणसभामा बैंकले लाभांशसँगै अन्य आर्थिक प्रस्ताव पारित गर्नेछ ।

चालु आर्थिक वर्ष सुरु भएसँगै बैंकले लाभांश घोषणा गरिरहेको बेला अगामी साधारणबाट बैंकले १ प्रतिशत बोनस सेयर प्रस्ताव गर्ने भएको हो । यसबाहेक ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश बितरण गर्न लागेको हो । साधारण सभा काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजे सुरु हुनेछ । साधारणसभाले सञ्चालक समिति पनि चयन गर्नेछ । संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन गरिने कार्यक्रम रहेको छ ।

बिगतका वर्षमा मर्जर प्रस्ताव पनि महत्वपुर्ण प्रस्तावको रुप लिने गरेपनि यसपालीदेखि बैंकले मर्जर प्रस्ताव नल्याइकन लाभांश प्रस्ताव मात्र अगाडि सारेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ ।

मंसिर १२ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयर धनीलाई वितरण ह’नेछ सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ के लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

यस्तो छ बैंकको दश वर्षको लाभांश इतिहास

चुक्ता पुँजीको आधारमा सबैभन्दा अब्बल मानिएको ग्लोबल आईएमई बैंकले ११ वर्षमा आफ्ना लगानीकर्तालाई औसतमा १३ प्रतिशत लाभांश वितरण गरेको छ। बैंकले ११ वर्षको अवधिमा सबैभन्दा धेरै बोनस सेयर वितरण गरेको छ। भने औसतमा ४ प्रतिशत नगद लाभांश वितरण गरेको छ।

आर्थिक वर्ष २०७९/८० को नाफाबाट बैंकले १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गदैछ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७७/७८ वर्ष १३.५ प्रतिशत लाभांश दिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा १६ प्रतिशत
आर्थिक वर्ष २०७५/७६ मा २५.५ प्रतिशत
आर्थिक वर्ष २०७४/७५ मा १६ प्रतिशत
आर्थिक वर्ष २०७३/७४ मा २० प्रतिशत
आर्थिक वर्ष २०७२/७३ मा १५.७६ प्रतिशत
आर्थिक वर्ष २०७१/७२ मा २३ प्रतिशत
आर्थिक वर्ष २०७०/७१ म २५ प्रतिशत
आर्थिक वर्ष २०६९/७० म १५ प्रतिशत
आर्थिक वर्ष २०६८/६९ म १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

चालु आर्थिक वर्षमा अन्य बैंकले लाभांश वितरणमा घोषणामा ढिलाइ गरिएको बेला ग्लोबल आइएमइले लाभांशमा वितरणमा विगतकै जस्तो अग्रसरता देखाउदै आएको छ । आर्थिक वर्ष २०७९ /८० को लागि अहिलेसम्म ९ वटा वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गरेका छन । बाँकी ११ वटा बैकले लाभांश घोषणाको तयारीमा छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १२ : ०७ बजे

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले