२० मंसिर २०८२, शनिबार | December 6, 2025

ग्लोबल आइएमई बैंकको साधारणसभाको तयारी अन्तिम चरणमा, लाभांशसँगै आर्थिक प्रस्ताव पारित गर्दै, यस्तो छ १० वर्षको लाभांश इतिहास



काठमाडौ । नेपालको सबैभन्दा ठुलो बैंक ग्लोबल आइएमई बैंकले १७ औ साधरणसभाको तयारी पुरा गरेको छ । मंसिर २८ गते बोलाइएको साधारणसभामा बैंकले लाभांशसँगै अन्य आर्थिक प्रस्ताव पारित गर्नेछ ।

चालु आर्थिक वर्ष सुरु भएसँगै बैंकले लाभांश घोषणा गरिरहेको बेला अगामी साधारणबाट बैंकले १ प्रतिशत बोनस सेयर प्रस्ताव गर्ने भएको हो । यसबाहेक ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश बितरण गर्न लागेको हो । साधारण सभा काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजे सुरु हुनेछ । साधारणसभाले सञ्चालक समिति पनि चयन गर्नेछ । संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन गरिने कार्यक्रम रहेको छ ।

बिगतका वर्षमा मर्जर प्रस्ताव पनि महत्वपुर्ण प्रस्तावको रुप लिने गरेपनि यसपालीदेखि बैंकले मर्जर प्रस्ताव नल्याइकन लाभांश प्रस्ताव मात्र अगाडि सारेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ ।

मंसिर १२ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयर धनीलाई वितरण ह’नेछ सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ के लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

यस्तो छ बैंकको दश वर्षको लाभांश इतिहास

चुक्ता पुँजीको आधारमा सबैभन्दा अब्बल मानिएको ग्लोबल आईएमई बैंकले ११ वर्षमा आफ्ना लगानीकर्तालाई औसतमा १३ प्रतिशत लाभांश वितरण गरेको छ। बैंकले ११ वर्षको अवधिमा सबैभन्दा धेरै बोनस सेयर वितरण गरेको छ। भने औसतमा ४ प्रतिशत नगद लाभांश वितरण गरेको छ।

आर्थिक वर्ष २०७९/८० को नाफाबाट बैंकले १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गदैछ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७७/७८ वर्ष १३.५ प्रतिशत लाभांश दिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा १६ प्रतिशत
आर्थिक वर्ष २०७५/७६ मा २५.५ प्रतिशत
आर्थिक वर्ष २०७४/७५ मा १६ प्रतिशत
आर्थिक वर्ष २०७३/७४ मा २० प्रतिशत
आर्थिक वर्ष २०७२/७३ मा १५.७६ प्रतिशत
आर्थिक वर्ष २०७१/७२ मा २३ प्रतिशत
आर्थिक वर्ष २०७०/७१ म २५ प्रतिशत
आर्थिक वर्ष २०६९/७० म १५ प्रतिशत
आर्थिक वर्ष २०६८/६९ म १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

चालु आर्थिक वर्षमा अन्य बैंकले लाभांश वितरणमा घोषणामा ढिलाइ गरिएको बेला ग्लोबल आइएमइले लाभांशमा वितरणमा विगतकै जस्तो अग्रसरता देखाउदै आएको छ । आर्थिक वर्ष २०७९ /८० को लागि अहिलेसम्म ९ वटा वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गरेका छन । बाँकी ११ वटा बैकले लाभांश घोषणाको तयारीमा छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १२ : ०७ बजे

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी