९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपालगन्जमा रातो प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले ढिलै भएपनि इ-रिक्साको नियमन थालेको छ । यात्रु बोक्ने रातो नम्बर प्लेटका इ-रिक्सालाई प्रतिबन्ध लगाउँदै उपमहानगरले इ-रिक्साको नियमन थालेको हो ।

उपमहानगरले मंसिर २३ गतेदेखि गुड्न नगरक्षत्रमा रातो नम्बर प्लेट भएका इ-रिक्साहरु चल्न प्रतिबन्ध लगाइएको उपमहानगरले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाहरुको बैठकले रातो नम्बर प्लेटलाई कालो बनाउन मंसिर २२ गतेसम्मको समय दिने निर्णय समेत गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ-रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कार्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातोलाई कालो नम्बर प्लेट बनाउन दिने निर्णय गरेको थियो । उक्त अवधि मंसिर १५ गते समाप्त हुने भएपनि थप ७ दिन समय दिएर मंसिर २३ गतेदेखि भने रातो नम्बर प्लेटलाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

अटेर गरेर रातो नम्बर प्लेटका इ-रिक्सामा यात्रु बोके त्यस्ता इरिक्सालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी ब्यायामशाला धम्बोझी र विधि विज्ञान प्रयोगशाला गणेशमान चोकमा होल्डिंग गरेर राखिनेछ । कालो नबनाउँदासम्म ती इ-रिक्सा होल्डिंग सेन्टरमै रहने नेपालगञ्ज उपमहानगरपालिका राजश्व शाखा प्रमुख बिरबहादर थापाले जानकारी दिए ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा बढ्दो सवारी साधनको चापलाई मध्यनजर गर्दै हाललाई त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म चार पांग्रे सवारी साधन जान नदिने निर्णय गरिएको छ । यसैगरी गणेशमान चोकदेखि चारबाहिनी चोकतर्फको सडकलाई पनि वन-वे बनाउने निर्णय गरिएको छ ।

बैठकमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, यातायात व्यवस्था कार्यालय प्रमुख माधव ज्ञवाली, नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठ, बाँके प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी, ट्राफिक प्रहरी प्रमुख गोपीकृष्ण सुवेदी, वडा प्रहरी प्रमुख हरिबहादुर विसी, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ११ : १० बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत