२२ माघ २०८२, बिहिबार | February 5, 2026

बुटवलमा कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुँदै : ‘गुट अन्त्यका लागि छलफल हुने’



पार्टीभित्र प्रदेश र स्थानिय समितिमा अधिकार प्रदान गर्ने विषयमा संकुचन रहेको प्रदेश नेताहरुको गुनासो

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलन हुने भएको छ । बुटवलमा यही मंसिर १६ गतेदेखि प्रथम सम्मेलन हुने भएको हो ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने २ दिने प्रदेश सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसको प्रदेश समितिले जनाएको छ ।

मंसिर १६ गते उद्घाटनसत्र तथा १७ गते बन्दसत्र आयोजना गर्ने कार्यतालिका रहेको पार्टीका लुम्बिनी प्रदेश सभापति अम्मर सिं पुनले जानकारी दिए । उनले सम्मेलनमा पार्टी भित्र ुगुटुराजनीतिको धेरै प्रभाव रहेको हुँदा त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुका साथै काम गर्नेहरुलाई सम्मान गर्ने बारे छलफल हुने बताए ।

यसैगरी संघीयता कार्यान्वयका विषयमा भम्भीर छलफल हुने पनि उनले बताए ।

सम्मेलन बारे जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति पुनले पार्टीभित्र प्रदेश र स्थानिय समितिमा अधिकार प्रदान गर्ने विषयमा संकुचन रहेको आरोप लगाए । प्रदेशलाई केन्द्रीय समितिले प्रयाप्त अधिकार नदिएको गुनासो गर्दै उनले संघीयताको मर्म अनुसार वडा तहदेखि केन्द्र तहसम्म अधिकार प्रत्यायोजन हुन आवश्यक रहेको उल्लेख गरे ।

अधिवेशनमा संघीयता कार्यान्वयनका लागि स्थानीय, प्रदेश तथा संघ सरकारलाई जिम्मेवार बनाउने गरी छलफल हुने सभापति पुनले जानकारी दिए ।

सम्मेलनमा करिब ६७५ जना प्रतिनिधि सहभागी हुने बताइएको छ । पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाब पेस गर्नेगरी छलफल हुने पनि पुनले बताए । सम्मेलनमा समसामयिक विषय र विधान संशोधन बारे छलफल हुने काँग्रेसले जनाएको छ ।

सम्मेलनका लागि राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन लेखनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको छ भने तयारीका लागि प्रचारप्रसार समिति, अतिथि सत्कार समिति लगायतका उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

उप समितिले तयार पारेका प्रतिवेदनहरुलाई मंसिर १३ गते बस्ने लुम्बिनी प्रदेश कमिटीको बैठकले अन्तिम रुप दिने उनले बताए । सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादेर देउवासहित वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत बुटवल आउन तय भएको पुनले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १२ : ४२ बजे

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु