२९ माघ २०८२, बिहिबार | February 12, 2026

आम जनता पार्टीले तोक्यो सातै प्रदेशका इञ्चार्ज



काठमाडौं । आम जनता पार्टीले सातै प्रदेशमा इञ्चार्जको जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको दुई दिने स्थायी कमिटीको पूर्ण बैठकले लिम्बुवान–किरातमा रामप्रित राम, मधेसमा सुधीर यादव र ताम्सालिङ-नेवामा अरुण घिरिङलाई इञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठकले लुम्बिनीमा समिना हुसेन, कर्णालीमा तिलक थापा मगर र सुदुरश्चिममा ज्ञानेन्द्रकुमार तामाङलाई इञ्चार्ज तोकेको छ । प्रवासका देशमा सम्पर्क र सङ्गठन स्थापनाका लागि विभिन्न सात व्यक्तिलाई इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठकले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले बद्रीप्रसाद न्यौपानेलाइ निर्दोष सावित नहुँदासम्मका लागि पार्टीकोे सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । बैठकले जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिबाट मत फिर्ता र विदेशी नागरिकता लिएकाको सम्पति कब्जा गरी राज्यलाई बुझाउनेलगायत अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता चन्द्रभूषण साहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भन्सार, वैदेशिक रोजगार पीडित, बैंकिङ तथा कर्जा, आवास मदर्साको शिक्षा र यातायात भाडा सहुलियतलगायत जनसरोकारका विषयमा जनसङ्गठनलाई सङ्घर्ष अघि बढाउन पार्टीले जिम्मेवारी तोक्ने निर्णय पनि गरेको छ ।

बैठकले देशमा जटिल परिस्थिति एवं सङ्कटको निकासबारे गम्भीर समीक्षा गर्दै आगामी पुस १४ गते पार्टी स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ । उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : २६ बजे

रुपन्देहीमा शुक्रबारदेखि सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

बुटवल । उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने उद्देश्यसहित

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग