४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : लुम्बिनीसहित चार प्रदेशमा बिहानैदेखि वर्षा, दुईवटामा हिमपात



काठमाडौं । देशका केही भू-भागमा बिहानै वर्षा भइरहेको छ । लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको भइरहेको छ । केही भू-भागमा हिमपात भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।

दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

नेपालमा भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : ५१ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज