२० मंसिर २०८२, शनिबार | December 7, 2025

नेपालगन्जमा रातो प्लेटमा सवारी बोक्ने १३२ इ-रिक्सा प्रहरी नियन्त्रणमा



नेपालगन्ज । नेपालगन्जमा ई-रिक्सा ब्यवस्थापनको कार्यलाई कडाई गरिएको छ । उपमाहानगरपालिकाले पहिलो पटक दिएको म्याद (मंसिर १५) सकिएसँगै प्रशासनले रातो नम्बर प्लेटका इ-रिक्सा धमाधम नियन्त्रणमा लिन थालेको हो ।

रातो नम्बर प्लेट टाँसेर सवारी बोक्ने १३२ इ-रिक्सा नियन्त्रणमा लिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनले नियन्त्रणमा लिइएको इ-रिक्साहरुलाई कालो नमबर प्लेट लिन प्रोत्साहन गरिएको जनाए । सरकारी अभिलेखमा दर्ता नगरि आफु खुसी कालो प्लेट टाँसेर सवारी बोकिरहेका इरिक्सालाई पनि प्रशासनले नियन्त्रण लिएको उनले बताए । नियन्त्रणमा रहेका इ-रिक्साहरुलाई भाडाको सवारी (कालो प्लेट) बनाउन प्रोत्साहन गरिएको जानकारी दिए । प्रमाण र प्रकृया पूरा भएकाहरुले उप(महानगरमा सम्पर्क गर्न पनि प्रजिअ पोखरेलले आग्रह गरेका छन् ।

नेपालगन्ज उपमहानगरले मंसिर २३ गतेदेखि नगरक्षेत्रमा रातो नम्बर प्लेट भएका इ-रिक्साहरु चल्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ-रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कार्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातोलाई कालो नम्बर प्लेट बनाउन मंसिर १५ गते दिने निर्णय गरेको थियो । मंसिर २३ गतेदेखि भने रातो नम्बर प्लेटलाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

नीति/नियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ वटा यात्रुबहाक इ-रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ वटा इ-रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा ‘होल्ड’ गरेर राखिएको उपमहानगर प्रमुख  विष्टले बताए । यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती इ-रिक्सालाई गुड्न नदिइने उनले बताए ।

अटेर गरेर रातो नम्बर प्लेटका इ-रिक्सामा यात्रु बोके त्यस्ता इरिक्सालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी ब्यायामशाला धम्बोझी र विधि विज्ञान प्रयोगशाला गणेशमान चोकमा होल्डिंग गरेर राखिने जनाइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ४ : ०२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल