४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगन्जका २ वटा पानी उद्योगमा प्रशासनको शील



नेपालगन्ज । बाँकेको जिल्ला बजार अनुगमन समितिले नेपालगन्ज क्षेत्रमा संचालनमा रहेका २ वटा पानी उद्योगमा शीलबन्दी गर्नुका साथै आर्थिक कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको संयोजकत्वमा निस्केको अनुगमन समितिले २ वटा उद्योगमाथि जरिवाना सहित २ वटा उद्योगमा शीलबन्दी गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले दिएको जानकारी अनुसार प्रशासनले रारा प्रोसेसिङ ड्रिङ्कीङ वाटर इन्डष्ट्रिले अनुज्ञापत्र नै नलिएर कारखाना चलाएको भन्दै २० हजार जरिवाना, २२ वटा कम गुणस्तको जार नष्ट गर्नुका साथै अनुज्ञा पत्र लिएर नआउँदा सम्म कारखानामा शीलबन्दी गरेको छ ।

त्यस्तै वाईके पिउने पानी उद्योगले असुरक्षित तरीकाले पानी उत्पादन गरेको भन्दै सुरक्षित उत्पादन सुनिस्चित नहुँदा सम्मका लागि उद्योग शील गरिएको छ भने सगरमाथा पानी उद्योगले बिल बिजक बिना कारोवार गरेको भेटिएपछि ५ हजार जरिवाना गरिएको छ ।

अनुगमन टोलीले खानेपानी संस्थान र नेपालगन्जमा रहेको हेण्डपम्पको पानीको समेत नमुना संकलन गरेको छ । संकलन गरिएको पानीको नमुनामा कैफियत देखिए थप कारवाही हुने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ६ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको