२० मंसिर २०८२, शनिबार | December 6, 2025

माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकले गरे एकीकृत व्यापारी व्यवस्थापन प्रणाली संचालनको लागि सम्झौता



काठमाडौ । माछापुच्छ्रे बैंक लि, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले ‘एकीकृत व्यापारी व्यवस्थापन प्रणाली’ (गेट पे) संचालन गर्नको निमित्त त्रिपक्षीय सम्झौता गरेका छन् ।

उक्त सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्र्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन् ।

नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक एमएमएस संचालनमा आईसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र संजालहरुलाई बैंक र व्यापारीहरुले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन् ।

सम्झौताले व्यापारीहरुको हाल भुक्तानी उपकरण तथा संजालसँग अलग अलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्म मार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ ।

यसका साथै हाल प्रचलनमा आईरहेका सबै भुक्तानी उपकरणहरु तथा संजालहरुलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरुलाई सेवा लिन र दिन सहज हुनेछ भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपुर्ण डाटाहरुको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरुलाई बैंकहरुले अझ परिष्कृत सेवाहरु प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेका छन् ।

सम्झौतापछि, तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रुपमा थपिने दाबी गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : ३७ बजे

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी