१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

उत्तरपश्चिम चीनमा भूकम्प : १११ जनाको मृत्यु, २०० बढी घाइते



काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पबाट १११ जनाको मृत्यु भएको छ । भूकम्पबाट २०० भन्दा बढी घाइते भएको बताइएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उत्तर-पश्चिम प्रान्त कान्सु केन्द्र भइ स्थानीय समयानुसार सोमबार राति ११स्५९ बजेतिर ६।२ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पबाट कान्सु प्रान्तमा १०० जनाको मृत्यु भएको बताइएको छ । यस्तै, छिङहाइ प्रान्तमा ११ जनाको ज्यान गएको सिन्ह्वाले उल्लेख गरेको छ । भूकम्पबाट निजी तथा सार्वजनिक संरचनाहरुमा क्षति पुगेको छ । भूकम्पपछि पानी तथा बिजुलीको आपूर्ति ठप्प भएको छ ।

रेलवे प्राधिकरणले भूकम्प प्रभावित क्षेत्र भएर चल्ने मालवाहक तथा यात्रुवाहक रेलहरु सञ्चालनमा रोक लगाएको छ । रेलवे लिकको जाँच गर्न थालिएको समाचारमा बताइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तापक्रम घट्दो क्रममा रहेका कारण जनजीवन झन् प्रभावित भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको खोज तथा उद्धार, राहत र घाइतेहरुको उपचारमा सम्पूर्ण शक्ति परिचालन गर्ने निर्देशन दिएका थिए ।

यसअघि गत सप्टेम्बरमा पनि चीनमा भूकम्प गएको थियो। सिचुवान प्रान्तमा गएको भूकम्पमा परी ६० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : ४४ बजे

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको