५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

रुपन्देहीमा पनि सुरु भयो लघुवित्त विरोधी आन्दोलन



भैरहवा । रुपन्देहीमा पनि लघुवित्त विरोधी आन्दोलन चर्कन थालेको छ । लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै लघुवित्तपीडितहरुले रुपन्देहीको भैरहवामा विरोध प्रदर्शन गरेका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालको आयोजनामा पीडितहरुले भैरहवामा प्रदर्शन गरेका हुन् ।

प्लेकार्ड सहित विरोध प्रदर्शनमा निसकेका पीडितहरुले लघु वित्तीय संस्था खारेज गर, लघुवित्तीय संस्थाहरु द्वारा लगाइएको सामुहिक ऋण मिनाहा गर, गरिब किसानहरुलाई नि शुल्क ऋण प्रदान गर, ऋणी मार्न पाइँदैन लगायतका नारा सहित प्रदर्शन गर्दै नेपाल राष्ट्र बैंकको लुम्बिनी प्रदेश कार्यालय अगाडी पुगेर विरोधसभा गरेका थिए ।

विरोधसभामा बोल्दै संघर्ष समितिका केन्द्रिय अध्यक्ष मनिराम ज्ञवाली, लुम्बिनी प्रदेश अध्यक्ष बद्री देवान, गगन विश्वकर्मा, सिखा रेग्मी, अब्दुल शाह, कोशी इन्चार्ज,रमेश सुनार, प्रदेश इन्चार्ज रोमन थापा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अध्यक्ष लगायतले लघुवित्तको कारणले परिवार उजाडिन पुगेको, शोषणमा परि आत्महत्या तथा ज्यान गुमाएको, ऋण तिर्दा समेत बैंकहरुले कालोसूचिमा राखेको बताएका थिए।

लघु वित्तीय संस्थाहरुले राष्ट्र बैंकको नियम नमानेर ऋण प्रवाह गरेर सास्ती दिएको, ऋणीको क्षमता नबुझी कर्जा प्रवाह गरेर अहिले दुःख दिइरहेको र ऋणीलाई बिचल्ली समेत बनाएको पिडितहरुले गुनासो गरे ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ४ : ५९ बजे

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना सर्टलिस्ट, शुक्रबार छलफलपछि सिफारिस हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्षका लागि

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनसँगै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार

दुर्गा प्रसाईंविरुद्ध तीन दिनको म्याद थप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोजकुमार शर्माको नाम