७ पुस २०८२, सोमबार | December 22, 2025

नयाँ सरकारसँग तिक्तता बढे पछि फ्रान्सले बन्द गर्‍यो नाइजेरियाको दुतावास



पेरिस । नाइजेरियामा रहेको फ्रान्सेली दूतावास अर्को सूचना नभएसम्म बन्द भएको छ । फ्रान्सेली विदेश मन्त्रालयले नाइजेरियामा रहेको दुतावास अर्को सुचना नगरेसम्म बन्द भएको जानकारी दिएको हो ।

फ्रान्सेली विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्तिमा भने, ‘पाँच महिनादेखि हाम्रो दूतावास गम्भीर रूपमा बाधा परिरहेको थियो, जसका कारण कूटनीतिक नियोगमा अवरोध पुग्दै आएको थियो ।’

‘दूतावास वरपरको नाकाबन्दी लगाइएको थियो, कर्मचारीहरूको लागि यात्रा प्रतिबन्ध थियो र कुनै पनि कूटनीतिक कर्मचारीलाई नाइजरमा यात्रा गर्न अनुमति दिन अस्वीकार गर्नु कूटनीतिक सम्बन्धमा भियना महासन्धिको स्पष्ट उल्लङ्घन थियो,’ विज्ञप्तिमा भनिएको छ ।

जसका कारण नाइजेरियामा रहेका दूतावास बन्द गर्ने एक अत्यन्त दुर्लभ निर्णय डिसेम्बर २२ मा गरियो र नाइजरमा तैनाथ अन्तिम फ्रान्सेली सैनिकहरूको फिर्तासमेत गर्ने निर्णय लिइएको मन्त्राययले जनाएको छ ।

नाइजेरियामा गत जुलाईमा सैन्य कूमार्फत राष्ट्रपति मोहम्मद बजौमलाई हटाइएको थियो । जुलाई २६ मा भएको विद्रोह पछि नयाँ सत्तारुढ सेनाले तुरुन्तै १५ सय फ्रान्सेली सैनिकहरूलाई देश छाड्नु पर्ने सर्त राख्यो र पेरिससँग सो अघि भएका सबैजसो सैन्य सम्झौताहरूको निन्दा गरेको थियो ।

जसका कारण नाइजेरियाको नयाँ सरकार र फ्रान्स बिच तिक्ता बढन पुगेको थियो, जसको परिणाम अन्तत फ्रान्सले नाइजेरियामा रहेको दुतवास नै अर्को सुचना नभएसम्मका लागि बन्द गर्ने निर्णय लिएको हो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ८ : ५० बजे

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम