३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

फ्रान्समा राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग, निर्वाचनको घोषणा



काठमाडौं ।  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक संसद विघटन गर्ने घोषणा गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुने घोषणा गरेका हुन् ।

दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियनको चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले अचानक संसद भंग गर्ने निर्णय गरेका हुन् ।

म्याक्रोनले संसद भंगको घोषणा गर्दै इयु चुनावको नतिजा युरोपको रक्षा गर्न खोज्ने दलहरूका लागि राम्रो नभएको बताएका छन् । राष्ट्रलाई सम्बोधन गर्दै, म्याक्रोनले इयु चुनावमा राष्ट्रिय र्‍याली लगायत अति दक्षिणपन्थी दलहरूले झन्डै ४० प्रतिशत मत प्राप्त गर्न सफल भएको बताए ।

उनले भने- ‘दक्षिणपन्थी पार्टीहरूले महादेशमा जताततै प्रगति गरिरहेका छन् । म यो अवस्थासँग सम्बन्धित हुन सक्दिन । त्यसैले मैले तपाईलाई विकल्प दिने निर्णय गरेको छु । म आज राति नेशनल एसेम्बली विघटन गर्छु । यस क्रममा उनले फ्रान्सेली जनताको उत्कृष्ट विकल्प रोज्न सक्ने क्षमतामा विश्वास पनि व्यक्त गरे ।’

इयु निर्वाचनमा २८ वर्षीय जोर्डन बर्डेलको नेतृत्वमा रहेको राष्ट्रिय र्‍याली (आरएन) ले ईयू चुनावमा ३२.३ देखि ३३ प्रतिशत मत प्राप्त गरेको छ भने म्याक्रोनको केन्द्रवादी गठबन्धनले १४.८ देखि १५.२ प्रतिशत मत प्राप्त गरेको छ ।

फ्रान्समा पछिल्लो आम निर्वाचन २०२२ मा भएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ९ : ३६ बजे

बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्बको क्षति

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी-जोमसोम-कोरला

फ्रान्सका प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु, २ हजार ५०० भन्दा बढी पक्राउ

पेरिस । सप्ताहान्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सका अधिकारीहरूले

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र

अवरुद्ध खाँदबारी-किमाथाङ्का सडक पुनः सञ्चालनमा

सङ्खुवासभा । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी-किमाथाङ्का सडकखण्ड सोमबार

आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।