३१ श्रावण २०८३, आइतबार | August 17, 2026

ढकिया बुन्न सिक्दै थारु महिला



भरतपुर । पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ । तर कला-संस्कृतिको धनी थारु समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन् ।

चितवनको रत्ननगर नगरपालिका-१० भानु चोककी जानकी चौधरी ढकियालगायत थारु समुदायले प्रयोग गर्ने परम्परागत सामग्री बनाउने तालिम लिन पाउँदा उत्साहित छिन । उनले २२ दिनदेखि यस्ता सामग्री बनाउन सिकिरहेकी छिन । उनी जस्तै ३० थारु महिला अहिले सौराहामा परम्परागत हस्तकला सीप सिक्न कस्सिएर लागेका छन् । थारु आयोगको आर्थिक सहयोगमा परिदृश्य नेपालको आयोजना र थारु कल्याणकारिणी सभा चितवनको समन्वयमा थारु महिलाका लागि तालिम दिइएको हो ।

जानकीले छोटो अवधिमा नै हस्तकला सीपमार्फत आकर्षक सामग्री बनाउन जानिसकेकी छिन । उनले पूजा दानी, फ्रुट बास्केट, पेन होल्डर, किस्ती, गमला र ज्वेलरी बक्स बनाउन सिकेकी छिन । “पहिला केही पनि थाहा थिएन”, उनले भनिन, “तालिमपछि थाहा भयो मैले पनि यति राम्रो सामग्री बनाउन सक्ने रहेछु ।” उनले परम्परागत सामग्रीको माग बढ्दै गएकाले आफूहरु तालिम लिन आएको बताइन । उनले फुर्सदिलो समयको सदुपयोग र आयआर्जन पनि हुने भएका कारण निकै मेहनतका साथ तालिममा सामग्री बनाउन सिकेको बताइन । “परम्परागत ढकियालाई समयको मागअनुसार परिवर्तन गरेर बनाउन सक्छौँ, उनले भनिन, “हामीले बनाएको सामान बिक्रीका लागि बजारमा पनि लैजान थालिएको छ ।” उनले यस्ता सामग्री बनाउन मेहनत धेरै हुने भए पनि बजारमा माग राम्रो भएकाले बिक्रीको चिन्ता नरहेको बताइन ।

प्रशिक्षक मुना चौधरी महिलालाई हस्तकला सीप सिकाउन पाउँदा खुसी लागेको भन्दै २२ दिनमा एक जनाले चार पाँचवटा सामग्रीको राम्रोसँग फिनिसिङ गरिसकेको बताइन । तालिममा पूजा सामग्री राख्ने, घरको तरकारी र खानेकुरा राख्ने र फूल सजाउन प्रयोग हुने सामग्री बनाउन सिकाएको उनले बताइन । “यहाँ हामीले उत्पादन गरेको सामग्री यहीँ सौराहामा बिक्री हुन्छ”, उनले भनिन, “देश विदेशबाट आएका पर्यटकले लैजाने गर्नुभएको छ ।” यी सामग्री निर्माणका लागि बरुवा, काँस, रङ, छिदना, इन्चिटेपलगायतका सामान चाहिने उनले बताइन । “तालिमपश्चात् दिदीबहिनीले व्यावसायिक रुपमा काम गर्न सक्नुहुन्छ”, उनले भनिन, “सबैले निकै रुचिका साथ तालिममा नियमित सहभागिता जनाउनुभएको छ ।” तालिममा सहभागीलाई बिहान १० बजेदेखि ४ बजेसम्म हस्तकला सीप सिकाइएको छ ।

अर्का प्रशिक्षक श्री चौधरी थोरै लगानीमा फुर्सदको समयमा काम गरेर आयआर्जन गर्न सकिने भएकाले परम्परागत हस्तकला सामग्री निर्माणमा महिलाको आकर्षण बढेको बताइन । “पहिलो हाम्रो पुर्खाले ढकिया मात्र बुन्ने गर्नुहुन्थ्यो”, उनले भनिन, “अहिले अन्य सामग्री पनि उत्पादन गर्न थालेपछि देश विदेशमा बिक्री हुने गरेको छ ।” थारु समुदायमा विवाह, मान्छे मर्दा र अन्य कर्ममा ढकियाको प्रयोग गरिन्छ । ढकिया थारु समुदायको पहिचान भएको भन्दै उनले पछिल्लो समय अन्य समुदायका मानिसले पनि यी सामग्री मन पराएर किन्ने गरेको उनले बताइन ।

तालिमका चितवनको रत्ननगर र खैरहनी नगरपालिकाका ३० जना थारु महिलाको सहभागिता रहेको छ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको तालिम यही पुस २७ गते सकिने छ । थारु समुदायमा घरायसी प्रायोजनका लागि प्रयोग गरिने परम्परागत सीप आधुनिकताका नाममा हराएको भन्दै नयाँपुस्तालाई सिकाउन तालिमको आयोजना गरिएको थारु कल्याणकारिणी सभा चितवनका सचिव सन्तकुमार चौधरीले बताए । थारु कला, परम्परा र संस्कृति जोगाइराख्न यस्तो तालिमको निरन्तरता आवश्यक रहेको उनले बताए । उनले हस्तकला सामग्री पर्यटक र सोखिन मान्छेले किन्ने भएका कारण सीप र आयआर्जनसँग जोडेर महिलालाई यस्ता सीप सिकाउन अग्रसर गराउनुपर्ने उनले बताए । चौधरीले तामिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक बन्न सहभागीलाई सुझाव दिए ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ८ : २९ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण