२९ मंसिर २०८२, सोमबार | December 15, 2025

केन्द्रीय बैंकले १७ अर्बको ट्रेजरी बिल जारी गर्ने



काठमाडौ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले १७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ।

जसअनुसार मंगलबार पुस २४ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ । जारी गर्न लागेको १७ अर्ब मध्ये १४ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । जसअनुसार ३ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी चैत २७ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो भने ३ अर्ब नवीकरण । यो ट्रेजरी २०८१ असार २६ गते परिपक्व हुनेछ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १० : ३८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले