१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

बूढानीलकण्ठ क्षेत्रबाट रामबहादुर बम्जन पक्राउ



काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीको फरार सूचीमा रहेका बम्जनलाई सिआइबीले आज साँझ पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

“विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ ७ बजे पक्राउ गरेको हो ।” कडायतले भने ।

बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो ।बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ । बम्जनमाथि सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै उजुरी समेत परेको थियो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : ०५ बजे

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द