१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

भालुवाङ बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो



भालुबाङ । दाङको राप्ती नदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रीबस शुक्रबार राती करिब १० बजेतिर राप्ती नदीमा खसेको थियो ।

प्रहरी चौकी भालुबाङका अनुसार दुर्घटनामा परि सातजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकमध्ये तिनजनाको भालुबाङ स्वास्थ्य चौकी र दुईजनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमध्ये हेटौंडाका ४५ वर्षीय सौरभ विष्ट र बाँके नेपालगञ्जकी ६० वर्षीया कुशुम बस्नेतको पहिचान खुलेपनी अन्य १० जनाको भने पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बसमा ३५ जना यात्रु रहेको र २३ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : ४७ बजे

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा