८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेपालगन्जका विद्यालयहरुलाई ३ दिन जाडो बिदा



नेपालगन्ज । लगातारको शितलहर र अत्याधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगर अन्तर्गतका विद्यालयहरुलाई ३ दिन बिदा दिइएको छ । उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आज सूचना जारी गर्दै ४ गते देखि ६ गते सम्मका लागि विदाको सूचना जारी गरेको छ ।

सूचनामा अत्याधिक जाडोसँगै शितलहर बढेर विद्यालय संचालन गर्न कठिनाई परेको उल्लेख गरिएको छ । सूचनामा उपमहानगर अन्तर्गत सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुलाई विदा हुने उल्लेख छ ।

नेपालगन्ज र यस आसपासमा केहीदिन देखि चलेको शितलहरले अत्याधिक चिसो बढेपछि जनजिवन प्रभावित बनेको छ । नगरबासीका लागि आगो ताप्न भन्दै नेपालगन्ज उपमहानगरले चोक चोकमा मुढा जलाएर धुनी जगाएको छ भने दैनीक ज्यालादारी श्रमिकहरुलाई चिसो कै कारण समस्यामा परेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ६ : ३४ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा