८ चैत्र २०८२, आइतबार | March 22, 2026

‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको पुर्ख्यौली परम्परा



म्याग्दी । उमेरले चार दशक पार गरेका धवलागिरि गाउँपालिका-५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बस्छन् । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा छन् ।

पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको ‘पुर्पुरो’ भने गृहगाउँ मलम्पारमै गरे । लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो परिवारमा जन्मिएका जेठा छोराको पुत्र बढाउ अर्थात् पुर्पुरो भने उनीहरुले पुर्ख्यौली गाउँमा गरेका हुन् ।

छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने पुर्ख्यौली परम्परा र संस्कृति छ । यस दिनमा आफ्ना आफन्त र मान्यजनलाई निम्ता दिएर घरमा पुर्ख्यौली नाच देखाउने गरिन्छ । पुर्पुरो गर्ने परिवार र बालकलाई टीका लगाएर आशिष दिने चलन छ ।

लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो पुर्ख्यौली गाउँठाउँमा आएर नै जेठो छोरा लिएनको पुर्पुरो गरेको उनका ठूलोबुबा कृष्ण छन्त्यालले बताए ।

“हामीले पोखरामै पनि बाबुको पुर्पुरो गर्न सक्थ्यौँ, तर हामी यही गाउँमा जन्मियौँ, हुर्कियौँ, आज जहाँ भए पनि हामीले आफ्नो संस्कारलाई गाउँमै आएर पूरा गर्नुपर्छ भन्ने मान्यताले जन्मथलोमा आएर गरेका हौँ”, उनले भने । पुर्पुरोका अवसरमा पुर्ख्यौली समूहले नाचगान गर्ने र स्थानीय आमासमूह र युवाक्लबले स्वागत र सम्मान गर्ने चलन छ । रासस

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : ३३ बजे

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक