८ चैत्र २०८२, आइतबार | March 22, 2026

सकियो महागुरु भूम्छोक एवम् मोन्लम पूजा



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक  एवम् मोन्लम पूजा आइतबार सकिएको छ।

मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारणसहितको महागुरु भूम्छोक एवम् प्राणीधान मोन्लम पूजा गरिएको हो।

पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाइका लागि प्रार्थना र  कामना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए। उनले आफू उपाध्यक्षको रुपमा आएपछि धार्मिक गतिविधिलाई बढावा दिन यसपटक रिपोन्छे, लामा गुरु, भिक्षु, आनीहरुको उपस्थितीमा पवित्र स्थल लुम्बिनीमा भूम्छोक र मोन्लम गरिएको बताए।

महागुरु बुमटस्क फर वर्ल्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामा सहित प्रथम खान्डो छिरिङमा रिपोन्छे,  छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छेले विहिबारदेखि भूम्छोकमा सहभागी थिए।

यसका साथै रिपोछेहरु सहित विभिन्न गुम्बाहरुका लामा, आनी एकै ठाउँमा भेला भइ लगातार मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको थियो।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ७ : ५६ बजे

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक