३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

मानव सेवा आश्रममा भोजन गराएर स्वर्गिय ‘चाचा’ को चौथो स्मृती दिवस



नेपालगन्ज । नेपालगन्जमा नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’को चौथो स्मृती दिवस मनाइएको छ । ‘वरिष्ठ पत्रकार स्वर्गिय प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचाजी स्मृति प्रतिष्ठान’को आयोजनामा मानव सेवा आश्रमको नेपालगन्जमा आश्रित ५५ बढी ब्यक्तिहरुलाई बेलुकाको भोजन गराएर स्मृर्ती दिवस मनाइएको हो ।

मानव सेवा आश्रम नेपालगन्जमा प्रतिष्ठानका अध्यक्ष एवम् पुर्वमेयर विजय गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवम् प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले स्वर्गिय गुप्ता कलमजिवी भएको र सदैब उनले कलमलाई हतियारको रुपमा प्रयोग गरेको स्मरण गरे । प्रतिष्ठान भर्खरै स्थापना भएको र आर्थिक रुपमा स्रोत जुटाउन नसक्दा केही काम गर्न कठिनाई भएको महासचिव चौलागाईले बताए ।

नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओलीले स्वर्गिय गुप्ताले नेपाली पत्रकारितामा महत्वपूर्ण कुराहरु सिकाएर गएको बताए । ‘हामी नाती पुस्ताले धेरै कुराहरु सिक्ने अवसर पायौं, जिवित छदाँ मैले धेरै कुरा सिक्ने अवसर पाएको थिए,’ उनले भने ।

स्वर्गिय गुप्ता अहिले नरहेपनि उनको योदानलाई आगामी दिनमा पनि सम्झिदै जानुपर्ने र नयाँ पुस्तालाई सिकाउनुपर्नेमा निर्वतमान अध्यक्ष ओलीको जोड थियो ।

युनियन बाँकेले विगतमा स्वर्गिय गुप्ताको नाममा त्रिभुवन चोक पुर्वतर्फको सडक तथा निवास नजिकै रहेको चोकको नामाकरण गर्नका लागि नेपालगन्ज उपमहानगरपालिका, पत्रकार महासंघ लगायत सरोकारवाला निकायसँग आवश्यक पहल तथा समन्वय गरेको पनि निर्वतमान अध्यक्ष ओलीले स्मरण गरे ।

उक्त कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, स्वर्गिय गुप्ताका परिवार तथा आफन्तजनलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ३८ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको