५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

मौसम जानकारी : पहाडी भू-भागमा आंशिक बदली



काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनले भने, “देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आशिंक बदली भएको छ, कैलालीको धनगढीमा हुस्सु र तराईका सम्पूर्ण भू-भागमा कुहिरो लागेको छ, आजसहित एक दुई दिनका लागि वर्षाको सम्भवना न्यून रहेपनि केही प्रदेशमा हिमपातको सम्भवना छ ।”

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाडौंको वायुको तापक्रम १० डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता तीन हजार पाँच सय मिटर रहेको छ । यसैगरी काठमाडौंको आजको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रहेको तथा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेड रहने मौसमविद् पुडासैनीले बताए । उनका अनुसार काठमाडौंमा वर्षाको सम्भावना नरहेको र काठमाडौंको मौसम आजका लागि मुख्यतया सफा रहने छ ।

यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १२ : ०९ बजे

काठमाडौँमा गत माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै ठाउँमा मतपत्र पुग्ने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा