२ पुस २०८२, बुधबार | December 18, 2025

रोमाञ्चक मोडमा नेपालद्वारा क्यानडा पराजित



काठमाडौं । नेपाल र क्यानडाबीच भएको एक दिवसीय क्रिकेटमा नेपालले रोमाञ्चक जित हात पारेको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले क्यानडालाई सात रनमा पराजित गरेको हो ।

नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाको सातौं र आठौं विकेट तीन बलको अन्तरमा पतन भएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । क्यानडाले ४७.५ ओभरमा अलआउट हुदै २१७ रन बनाएपछि नेपाल ७ रनले विजयी भएको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४ विकेट लिएका थिए । ललित राजबंशीले २ विकेट लिएका थिए भने सोमपाल कामी, कुशल मल्ल, पवन सराफ र रिजन ढकालले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आसिफ सेख र रोहित पौडेलले ८/८ तथा सुर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए ।

त्यसैगरी क्यानडाका बलरउदय भगवान सिंहले ३ विकेट लिएका थिए भने साद बिन जफार र इश्वरजोत सोहिले २/२ तथा शहिद अहमदजाई र हर्ष थाकेरले एक एक विकेट लिएका थिए ।

यो जितसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको अर्को खेल आगामी शनिबार हुनेछ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ४ : ४७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल