४ पुस २०८२, शुक्रबार | December 19, 2025

डन मोडल ऐकेडेमीकी अधिकारीलाई दशौँ सिद्धार्थ जिल्ला स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको उपाधी



बुटवल । तिलोत्तमा नगरपालिका-४ डिङरनगरस्थित सिद्धार्थ माविमा दशौँ जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । विद्यार्थीहरूमा अन्तरनिहित वाक् प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरीएको हो ।

‘वैदेशिक रोजगारीः उपलब्धि, समस्या र समाधान’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा जिल्लाभरका ३५ विद्यालयको सहभागिता रहेको थियो । जसमा डन मोडल ऐकेडेमीकी छात्रा संजिला अधिकारी प्रथम, अक्सफोर्ड मा. वि. की छात्रा टेरिसा भण्डारी द्वितीय, लिटल फ्लावर्स इ.बो.से. स्कुलका छात्र समर्थ क्षेत्री फौदार तृतीय र देवदह बुद्ध पब्लिक इ.बो.हाई स्कुलकी छात्रा अनुष्का भण्डारी चर्तुथ भएका थिए । प्रतियोगितामा विजयी विद्यार्थीलाई नगद, शिल र प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो ।

उक्त कार्यक्रमको निर्णायक मण्डलमा हुमकान्त पाण्डे, श्याम न्यौपाने र राजेन्द्र आचार्य रहनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक बाबुराम खनालको अध्यक्षता, ऋषिराम भुसालको प्रमुख आतिथिता रहेको थियो । त्यस्तै प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, प्याब्सन पूर्व केन्द्रीय सदस्य यज्ञमूर्ति पाण्डे, प्याब्सन रुपन्देहीका पूर्व अध्यक्ष दामोदर भुसाल लगायत विभिन्न विद्यालयका प्राचार्यहरूको आतिथ्यता रहेको थियो ।

त्यस्तै विद्यालयले सोही कार्यक्रमको अवसरमा यही वर्ष विभिन्न विश्वविद्यालयहरूमा स्नातक तहमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी तथा उनीहरूका अभिभावकहरूलाई सम्मान गरेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले आ-आफ्ना विज्ञानका प्रदर्शनी सार्थ विभिन्न चित्रकलाको पनि प्रदर्शन गरेका थिए । बुद्ध घिमिरे संयोजक रहेको उक्त कार्यक्रम विद्यालयका प्राचार्य यमबहादुर रानाको स्वागत तथा शिक्षक मेघराज भट्टराईको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको