१९ असार २०८३, शुक्रबार | July 3, 2026

डन मोडल ऐकेडेमीकी अधिकारीलाई दशौँ सिद्धार्थ जिल्ला स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको उपाधी



बुटवल । तिलोत्तमा नगरपालिका-४ डिङरनगरस्थित सिद्धार्थ माविमा दशौँ जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । विद्यार्थीहरूमा अन्तरनिहित वाक् प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरीएको हो ।

‘वैदेशिक रोजगारीः उपलब्धि, समस्या र समाधान’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा जिल्लाभरका ३५ विद्यालयको सहभागिता रहेको थियो । जसमा डन मोडल ऐकेडेमीकी छात्रा संजिला अधिकारी प्रथम, अक्सफोर्ड मा. वि. की छात्रा टेरिसा भण्डारी द्वितीय, लिटल फ्लावर्स इ.बो.से. स्कुलका छात्र समर्थ क्षेत्री फौदार तृतीय र देवदह बुद्ध पब्लिक इ.बो.हाई स्कुलकी छात्रा अनुष्का भण्डारी चर्तुथ भएका थिए । प्रतियोगितामा विजयी विद्यार्थीलाई नगद, शिल र प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो ।

उक्त कार्यक्रमको निर्णायक मण्डलमा हुमकान्त पाण्डे, श्याम न्यौपाने र राजेन्द्र आचार्य रहनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक बाबुराम खनालको अध्यक्षता, ऋषिराम भुसालको प्रमुख आतिथिता रहेको थियो । त्यस्तै प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, प्याब्सन पूर्व केन्द्रीय सदस्य यज्ञमूर्ति पाण्डे, प्याब्सन रुपन्देहीका पूर्व अध्यक्ष दामोदर भुसाल लगायत विभिन्न विद्यालयका प्राचार्यहरूको आतिथ्यता रहेको थियो ।

त्यस्तै विद्यालयले सोही कार्यक्रमको अवसरमा यही वर्ष विभिन्न विश्वविद्यालयहरूमा स्नातक तहमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी तथा उनीहरूका अभिभावकहरूलाई सम्मान गरेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले आ-आफ्ना विज्ञानका प्रदर्शनी सार्थ विभिन्न चित्रकलाको पनि प्रदर्शन गरेका थिए । बुद्ध घिमिरे संयोजक रहेको उक्त कार्यक्रम विद्यालयका प्राचार्य यमबहादुर रानाको स्वागत तथा शिक्षक मेघराज भट्टराईको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : ३५ बजे

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा