५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

चितवनमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी



चितवन । चितवनमा आज देखि राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टीङग कार्यक्रम हुने भएको छ ।

नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको सह आयोजना, भरतपुर महानगरपालिकाको प्रवर्द्धक सहयोग र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाहरु, एसोसिएसन लगायतको सहकार्यमा यही माघ २६ र २७ गते नारायणी नदी किनार हुने पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी तथा नेपालमा उत्पादित बिभिन्न ब्राण्डको चियाको निस्शुल्क स्वाद लिन पाइने छ । स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ, भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देश भित्रै खपत बढाउने र यसका फाइदाहरूको विषयमा जानकारी दिने, सही चियाको सही रूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टीङग कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ। उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले गर्नेछन् ।

नेपालका सम्पूर्ण चिया व्यवसायीहरूको प्रत्यक्ष उपस्थितिमा नेपालमा दोस्रो र चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदर्शनी कार्यक्रममा चियाका मुख्य जिल्लाहरू झापा, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, ललितपुर, कास्की देखि पश्चिम सम्म उत्पादित चियाको प्रदर्शन हुनेछ ।

नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समय देखि कार्य गर्दै आएका निजी क्षेत्रमा आबद्ध चिया व्यवसायीहरूबाट उत्पादित चियाका ब्राण्डहरुको मुख्य रूपमा सहभागिता रहने सो कार्यक्रममा १०० भन्दा बढी चिया व्यवसायीहरूको सहभागिता रहने छ ।

नेपालमा संस्थागत रूपमा आबद्ध रही उत्पादित विभिन्न चियाका ब्राण्डहरु सहित ३२ वटा स्टलहरू रहने छन् । अवलोकन कर्ताहरूले प्रत्यक्ष रूपमा निस्शुल्क रूपमा स्वदेशमा उत्पादित विभिन्न थरीका चियाको स्वाद लिएर जानकारी हासिल गर्न सक्ने छन् भने चियाबाट स्वास्थ्यमा हुने फाइदाहरूको विषयमा पनि यथेष्ट जानकारी हासिल गर्न सक्ने छन् साथै चितवनवासीहरू लगायत यहाँ सञ्चालित होटेल व्यवसायीहरूले विभिन्न थरीका चिया पकाउने सही तरिका तथा पिउने सही तरिकाका विषयमा चिया टेस्टरहरुबाट पनि छुट्टै जानकारी प्राप्त गर्नेछन् ।

त्यस्तै होटेल व्यवसायीहरुलेआफुले खरिद गर्न चाहेको चियाको लागि बिक्रेताहरूसँग व्यावसायिक खरिद सम्झौता समेत गर्न सक्नेछन्। हाल नेपालमा वार्षिक रूपमा ३०० ग्राम प्रतिव्यक्ति चियाको खपत भइरहेको छ तर यो तथ्याङ्क अन्य राष्ट्रहरूको तुलनामा निकै कम रहेको छ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : ३५ बजे

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार

विश्वदीप निरन्तर घरदैलोमा, मतदातामा उत्साह

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

११ औं संस्करणको साई ग्लोबल कप सुरु, रुपन्देही क्याम्पस र साई ग्लोबलको विजयी सुरुवात

भैरहवा । मंगलबारदेखि भैरहवामा ११औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेदवार खत्री

देवदह । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्रनम्बर-१ मा नेपाली