५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

फोटो पत्रकार वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन



काठमाडौं । गोरखा घरभइ काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवेशनले पत्रकार प्रदिपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोविता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् ।

यस्तै सुदिप कैनी, लिलाधर कोइराला, राधा रोकाहा, उत्सव वि.क तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन् । आजको अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिए ।

नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले वरिष्ठ पत्रकारहरू रामजी दाहाल, खीलाबहादुर भण्डारी तथा सुसिल अर्याललाई पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्तै आजको बैठकले गोर्खाली पत्रकारहरुको क्षमता अभिवृद्धीका लागि गम्भिर रूपमा लाग्ने तथा गोरखाका सुन्दर पर्यटकीय क्षेत्रहरुको उजागर गर्नको लागि मद्दत गर्ने निर्णय गरेको छ ।

यसअघि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वरिष्ठ पत्रकार दाहालले एकताबद्ध  भएर काम गर्न सके सस्थाले गोर्खाका पत्रकारहरूको लागि धेरै योगदान पुर्‍याउन सक्ने धारणा राखेका थिए ।

अर्का वरिष्ठ पत्रकार सुसिल अर्यालले गोर्खाली पत्रकारहरुले गोरखाका ऐतिहासिक, सास्कृतीक पहिचान स्थापित हुने खालका समाचारहरु खोज्ने तथा लेख्नुपर्नेमा जोड दिए ।

गोरखाका अग्रज पत्रकारहरू बद्री पोखरेल, भरत ढकाल, बिबेक रेग्मी, अमृत दाहाललगायतले गोरखाको समग्र बिकास र गोरखाका पत्रकारहरुको क्षमता अभिवृद्धीमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ६ : ०६ बजे

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार

विश्वदीप निरन्तर घरदैलोमा, मतदातामा उत्साह

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

११ औं संस्करणको साई ग्लोबल कप सुरु, रुपन्देही क्याम्पस र साई ग्लोबलको विजयी सुरुवात

भैरहवा । मंगलबारदेखि भैरहवामा ११औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा