२१ चैत्र २०८२, शनिबार | April 4, 2026

तेक्वान्दो खेलाडीको कालो पेटी परिक्षा



बुटवल । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ, लुम्बिनी प्रदेश आईटीएफ तेक्वान्दो संघको आयोजना तथा रुपन्देही जिल्ला आईटिएफ तेक्वान्दो संघको सहआयोजनामा रुपन्देहीमा दुई दिने कालो पेटी परिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

वार्षिक कालो पेटी प्रथम, दोस्रो र तेस्रो डान पेटी परिक्षा तथा सम्मान कार्यक्रम अनुसार शनिबार तिलोत्तमा नगरपालिका स्थित नवज्योति इगलिस बोर्डिङ स्कुलमा समापन गरिएको हो ।

समापन कार्यक्रममा प्रदेश खेलकुद जयप्रकाश भट्टराई, नबज्योति इगलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक टोप बहादुर केसी, तेक्वान्दो महासंघ उपाध्यक्ष तथा अन्तराष्ट्रिय प्रशिक्षक निर बहादुर सारु मगर, केन्द्रिय सदस्य प्रेम कामु मगर, केन्द्रिय सदस्य राजन रसाइली, केन्द्रिय सदस्य विजय पुन मगर, लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष रितमान कामु मगर, लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बिन्दु प्रसाद चौधरी, प्रमुख रेफ्री चियरमेन कृष्ण थापा मगर, प्रदेश डाटा कोअर्डिनेटर प्रमुख श्याम गाहा मगरले खेलाडीहरुलाई प्रमाणपत्र तथा सम्मान गरेका थिए ।

कार्यक्रममा सदस्य सचिव भट्टराईले विद्यालयस्तरमा नै खेललाई प्राथमिकतामा राखेर अगाडी बढाउने गरि सरकार लागेको बताए । मार्शल आर्टमा लुम्बिनीको पहिचानलाई फेरि जगाउने गरि अघि बढ्न उनले खेलाडीहरुलाई आग्रह गरे ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रथम डान मा १४७ जना, दोस्रो डानमा २५ जना र तेस्रो डान मा १२ जना गरि जम्मा १८४ जना खेलाडीहरुले परिक्षामा सहभागी भएका थिए । यसैगरि गतबर्ष डिग्रीको परिक्षा दिएको खेलाडीहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष रितमान कामु मगरले बताए ।

मार्शल आर्टमा खेलाडीहरुको मनोबल बढाउने गरि वार्षिक कार्ययोजना अनुसार कार्यक्रममा समेत जोड दिएको उनले बताए । आत्मरक्षासंगै खेलबाट नै अन्तराष्ट्रिय पहिचान बनाउन सकिने मार्शल आर्टका लुम्बिनी प्रदेशबाट धेरै सम्भावना बोकेको खेलाडीहरु रहेको उनले बताए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ४० बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२