११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

बुटवल लोकनृत्य प्रतियोगितामा एभरेष्ट मावि प्रथम



बुटवल । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम लोकनृत्य प्रतियोगितामा एभरेष्ट मावि प्रथम भएको छ ।

६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले आयोजना गरेको २ दिने लोक नृत्य प्रतियोगितामा पैथम भएसँगै एभरेष्ट माविले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

४४ वटा विद्यालयमध्येबाट नवीन औद्योगिक मावि दोश्रो हुँदै ६० हजार रुपैयाँ पुरस्कार पाएको छ भने न्यू होराइजन मावि र अक्सफोर्ड मावि तृतीय हुँदै नगद २५ हजार रुपैयाँबाट पुरस्कृत भएका छन् ।

बुधबार प्रतियोगिताको समापनका अवसरमा निर्णायक संयोजक दुर्गा रायमाझीले प्रस्तुत भएका नृत्यहरुमध्ये सबैजसो विद्यालयका प्रस्तुति राम्रा भएको बताउँदै विविध समुदाय र क्षेत्रका नृत्यहरुले नेपालकै विविधता झल्काएको बताए।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयहरुलाई बिहीबार बुटवल उपमहानगरपालिकाको ६५औ स्थापना दिवसका अवसरमा पुरस्कार प्रदान गरिने लोकनृत्य प्रतियोगिताका संयोजक तथा वडा नं १३ का अध्यक्ष नारायण पुनले बताए।

नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउनका लागि क्षमता विकास तथा क्षमता प्रदर्शन कार्यक्रमहरु आयोजना गरिएको बताए। उनले बुटवलमा खेल क्षेत्रलाई अगाडि बढाउनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भइसकेको र आगामी दिनमा अन्य प्रतियोगिताहरु सञ्चालन गर्ने तयारी गरिरहेको बताए।

उनले बुटवललाई लोकसंस्कृति संरक्षण तथा प्रवर्द्धनमा अग्रस्थानमा राख्नका लागि प्रतियोगिता आयोजना गरेको बताए। उनले लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गरेको बताए। लोकनृत्य प्रतियोगितामा बुटवलका ४४ विद्यालय सहभागी थिए।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : ४१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान