२९ माघ २०८२, बिहिबार | February 12, 2026

सिद्धबाबा र गोरखनाथको सम्बन्ध जोड्दै बुटवलका साइक्लिस्टहरु

भोलिबाट इण्डो नेपाल साइकल यात्रा, सिद्धबाबा देखि भारतको गोरखनाथसम्म



बुटवल । सिद्धभूमि सिद्धबाबा र गोरखनाथ बाबाको पौराणिक सम्बन्धबारे प्रचार गर्ने उद्देश्यले दुई दिने इण्डो-नेपाल धार्मिक पर्यटन साइकल यात्रा २०२४ हुने भएको छ । बुटवलका साइकल अगुवाहरुको पहलमा शुक्रबार र शनिबार दुई दिने ईण्डो-नेपाल धार्मिक पर्यटन साइकल यात्रा २०२४ हुने भएको हो ।

नेपालको सिद्धबाबा धाम र गोरखनाथ धामको महत्व र महिमाको प्रचार सहित धार्मिक पर्यटन प्रवद्र्धन गर्न भन्दै नेपालको सिद्धबाबा धामदेखी भारतको गोरखनाथसम्मको सायकल यात्रा हुने भएको हो ।

कार्यक्रम बारे प्रकाश पार्दै बुटवल युनाइटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले २१ सय वर्षअघि भारतवर्षमा पर्ने उज्जैनका चक्रवती सम्राट भतृहरि राजाको वैराग्यपछि उत्तराखण्डको सिद्धबाबा क्षेत्रमा तपस्या गरि सिद्धि प्राप्त गरेको किम्वदन्तीलाई उजागर गर्ने गरि साईकलयात्रा गर्न थालिएको बताए । गोरखनाथ बाबाको निर्देशनमा भतृहरि राजा नेपालका आएर ध्यान गरि सिद्ध प्राप्त गरेको पवित्र र तपोभुमिको प्रचारप्रसार गरि नेपालमा भारतिय पर्यटक भित्र्याउने लक्ष्य सहित साइकल यात्रा कार्यक्रम राखिएको उनले बताए ।

सो यात्राका लागि बिहिबार प्रचारात्मक टिसर्ट र ज्याकेट लञ्च गरिएको छ । टिसर्ट र ज्याकेट लन्च कार्यक्रममा बोल्दै सिद्धार्थ कलर हाउसका संचालक नित्यानन्द ज्ञवाली, समाजसेवी शोभाकान्त पाण्डे, नेत्र प्रसाद ज्ञवालीले पवित्र उदेश्यसहित गरिएको यात्राको सफलताको शुभकामना दिए ।

गोरखनाथ बाबाको चेला बनेपछि भतृहरि राजा र उनको भान्जा गोपिचन्द सिद्धबाबा क्षेत्रमा आएका थिए । मिर्जापुरको चुनारगढमा भतृहरि समाधिष्ठ भएको पौराणिक कथामा पढ्न पाइन्छ । यात्रामा प्रदेश खेलकुद परिषद लुम्बिनीसहित बर्जर सिद्धार्थ कलर हाउस, होम डेकोर, सखिया फिस रिसोर्टसहित विभिन्न सहयोगदाताबाट सहयोग भएको क्लबका सचिव राजु तिवारीले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ७ : १० बजे

भदौ २४ गते राष्ट्रपतिलाई समेत ढालेर कठपुतली सरकार बनाउने षड्यन्त्र भएको थियो : प्रचण्ड

बागलुङ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड

टी-२० विश्वकप : इटालीले टस जितेर फिल्डिङ रोज्यो, नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार नेपाल र इटालीबीच

१३ औं संस्करणको ‘दीप गायन तारा’ शुक्रबारदेखि सुरु हुँदै

बुटवल । रूपन्देहीका विद्यार्थीमा लुकेर रहेका गायन प्रतिभालाई पहिचान र

राष्ट्रपति पौडेलले गरे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका