६ पुस २०८२, आइतबार | December 22, 2025

गुणस्तर र समयसीमा भित्र काम गर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला



खजुरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गुणस्तरिय र समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने बताएका छन् । हुलाकी सडक अन्तर्गत नेपालगन्ज गुलरिया सडकको अनुगमन पछि आज बाँकेको खजुरामा आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री ज्वालाले आफ्नै कार्यकालमा गुणस्तरिय काम गर्ने र समया कार्य सम्पन्न गर्ने निर्माण ब्यवसायीलाई सम्मान गर्ने परम्परा बसालेको दाबी गरे ।

उनले नेपालगन्ज गुलरिया सडक खण्डमा ठेक्का पाएको निर्माण व्यवसायीले गुणस्तरिय र द्रुतगतिमा काम गरेको भन्दै ठेक्का पाएको शर्मा एण्ड कम्पनीको प्रशंसा गरे । मन्त्री ज्वालाले नेपालगन्ज–गुलरिया खण्डमा निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन बाँकी रहेको भन्दै अर्थ मन्त्रालयमा बजेट माग गरिएकाले कामलाई निरन्तरता दिन आग्रह गरे । बजेट निकासाका लागि लगातार प्रयास भइरहेको जानकारी दिँदै कामलाई निरन्तरता दिन निर्माण व्यवसायीलाई आग्रह गरे । पैसा आउँछ, ढुक्क भएर काम गर्नुहोस्, उनले भने, काम राम्रो भएको छ, पैसा भन्दा छिटो सम्मान पनि आउन सक्छ ।

विकास निर्माणका आयोजनामा हुनेगरेको ढिलासुस्ती र गुणस्तरमा सरकारले कुनै सम्झौता नगर्ने उनले बताए । ‘ठेक्का लिने, काम नगर्ने निर्माण व्यवसायी र काम बिगार्ने कर्मचारीलाई कारवाहीको दायरामा ल्याएका छौं, यसमा कुनै पनि खालको सम्झौता गरिने छैन ।’ मन्त्री ज्वालाले भने ।

बजेट ब्यवस्थापन सरकारको जिम्मेवारी रहेको भन्दै उनले निर्माण ब्यवसायीले समयभित्र काम सम्पन्न गर्न लाग्नुपर्ने बताए । विकास निर्माणमा तीनवटै तहका सरकारबीच आपसी समन्वय र सहकार्य जरुरी भएको भन्दै उनले विकासलाई साझा सवालको रुपमा अघि बढाउन सुझाव दिए ।

हुलाकी सडकका निर्माण व्यवसायी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले काम गरेको ४४ करोड बढीको भुक्तानी नहुँदा पनि आफुले काम नरोकेको बताए । उनले अवपनि भुक्तानी नभए काम गर्न सकिने अवस्था नरहेको जनाउँदै भुक्तानीको ब्यवस्था गर्न माग गरे । उनले आफ्नो कम्पनीले गुणस्तरियतामा सम्झौता नगर्ने दाबी गर्दै नेपालगन्ज गुलरिया सडकलाई गुणस्तरिय र समायभि सकेर बुटवल नारायणगढ सडकको चिनीया निर्माण ब्यवसायीलाई आफुले नमुना देखाउन चाहेको बताए ।

तोकिएको समयसीमा भन्दा धेरै काम गरेको जानकारी दिँदै सरकारले भुक्तानीको ब्यवस्था गरे नेपालगन्ज गुलरिया सडक तोकिएको समय भन्दा १ वर्ष अगाडी नै सम्पन्न गर्ने बताए । ठेक्का पाएको पहिलो वर्षमा नै ५७ प्रतिशत बढी काम सम्पन्न गरेको तथ्याँक प्रस्तुत गर्दै व्यवसायी शर्माले भुक्तानीको व्यवस्था भए यसै वर्षमा २० किलोमिटर कालोपत्रे सम्पन्न हुने जानकारी दिए ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड ४१ हजारमा २०८२ मङ्सिर २७ गते सम्पन्न गर्नेगरी गत वर्ष माघ २५ देखि शर्मा एण्ड कम्पनीले काम सुरु गरेकोमा पहिलो वर्षमा नै ५७ प्रतिशत काम सम्पन्न गरेको जनाए । योजना प्रमुख भण्डारीले निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन नसक्नु ठुलो समस्या देखिएको उल्लेख गर्दै मन्त्रालय र बिभागबाट बजेट निकासाको प्रयास भइरहेको जानकारी दिए ।

हुलाकी सडक अन्तर्गत बाँके र बर्दियाका विभिन्न स्थानसहित मन्त्री ज्वालाले परसपुर–गौघाट सडक खण्डको समेत स्थलगत निरीक्षण गरेका थिए । उनले सडक डिभिजन अन्तर्गतको खजुरा बजार क्षेत्रको १ हजार ८ सय मिटर सडकको पनि अनुगमन गरेका थिए । त्ययै क्रममा मन्त्री ज्वालालाई खजुराका स्थानीयबासीले अलपत्र पारिएको १ हजार ८ सय मिटर सडक हुलाकी सडकलाई हस्तान्तरण गरि छिटो बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिकले हुलाकी सडकको काम तीव्र गतिमा अघि बढेको भन्दै खजुरा बजारमा ६ वर्षअघि निर्माण सुरु भएको एक हजार ८०० मिटर चार लेन सडकको काम छिटोभन्दा छिटो सम्पन्न गर्न र पेडारी नालामा पक्की पुल निर्माणका लागि मन्त्री ज्वालाको ध्यानाकर्षण गराए । उनले हुलाकी सडकलाई १ हजार ८ सय मिटर हस्तान्तरण गर्न र काम गरिरहेको शर्मा एण्ड कम्पनीबाट काम गराउने ब्यवस्था मिलाउन समेत मन्त्री ज्वालासँग माग गरे ।

नेपालगन्ज–गुलरिया सडक निर्माण सुरु भएको एक बर्षमा ५७ प्रतिशत प्रगति भएको छ भने परसमुर–गौघाट सडक निर्माणमा ढिलाइ भएको छ । २७.६२ किलोमिटर लामो यो सडकमध्ये ११.६ किलोमिटर चार लेन सडक बन्दैछ । हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक अजय मूलसहित मन्त्री ज्वालाले हुलाकी सडकको स्थलगत अनुगमन गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ८ : ५८ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको