२८ मंसिर २०८२, आइतबार | December 14, 2025

आइसीसी विश्वकप लिग-२ : नेपाल नामिबियासँग लगातार दोस्रो पटक पराजित



काठमाडौं । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुदै १६८ रन बनाएको थियो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२  रन बनाए ।

त्यसैगरी नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४ विकेट लिएका थिए । यो जितपछि लिग-२ मा नामिबियाको ३ खेलमा ४ अंक भएको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

अब लिग-२ को यस सिरिजको अर्को खेल आगामी शुक्रबार नामिबियाले नेदरल्याण्डसको सामना गर्ने छ । लिग-२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ३ : १५ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर