२२ मंसिर २०८२, सोमबार | December 8, 2025

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित



सोलुखुम्बु । हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् ।

हिउँदे वर्षा नहुँदा जमिन सुक्खा थियो भने डाँडापाखा उराठलाग्दा थिए तर ढिलागरी परेको पानी र हिमपातले केही राहत महसुस भएको सल्लेरीका ल्हाक्पा शेर्पाले बताइन । उनले भनिन “हिउँ नपर्दा गहुँबाली सुकेर गएको थियो, माथिल्लो भेगमा मात्रै होइन तल्लो भेग पनि सुक्खाग्रस्त भएका बेला परेको हिउँ र पानीले बाली फस्टाउनेमा म ढुक्क छु ।”

तल्लो भेगमा समेत हिउँदे वर्षा नहुँदा बालीनाली सुकेर जानुका साथै जमिन नै मरुभूमिजस्तो बन्दै गएको पञ्चनका केशवप्रसाद कोइरालाले बताए । उनले भने, “हिजोको वर्षाले किसानमा खुसी ल्यायो तर जमिन भिज्नेगरी पानी नै पर्न सकेन, सुक्खापना अझै त्यस्तै छ, अब पानी पर्ने छाँटकाँट देखिन्न, अझै खडेरीको मारबाट किसानले पार पाएका छैनन् ।” वर्षाले खडेरीले सुकेका बाली फस्टाउने आशा किसानमा देखिएको छ ।

हिमपातपछि सगरमाथा क्षेत्र पुगेका पर्यटक पनि खुसी भएका छन् । खडेरीले उराठलाग्दा बनेका पर्यटकीय क्षेत्र रसिलो देखिएको लुक्लाकी दाटी शेर्पाले बताए । उनले भनिन, “बल्ल खुम्बुक्षेत्र खुम्बुजस्तो देखियो, हिउँ पर्दै छ, हामी खुसी छौँ, विदेशीहरू पनि हिउँमा रमाइरहेका छन्, अब अलि सुक्खापना हट्छ कि ? यतिखेर लुक्लाबाट देखिने डाँडा हिउँले भरिएर सेताम्मे भएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १० : ५६ बजे

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता