६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

पेट तथा आन्द्रा रोगसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु



काठमाडौं । पेट तथा आन्द्राको रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा नेपालसहित भारत, श्रीलङ्का, थाइल्याण्ड, जापान, संयुक्तराज्य अमेरिकालगायत देशका करिब एक सय २५ चिकित्सक सहभागी छन्।

सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी सङ्घ नेपालका अध्यक्ष एवं सम्मेलन आयोजक समितिका संयोजक प्रा डा मुकुन्दराज जोशीले सम्मेलनमा पेट तथा आन्द्रासम्बन्धी रोगका विषयमा प्राप्त नवीन ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए । उनले वंशाणुगतसहित खानपान र वातावरण परिवर्तनका कारण पेटसम्बन्धी रोगको समस्या देखिने गरेको जानकारी दिँदै खानामा लापरवाही र सन्तुलित आहारका कारण अन्य रोगका तुलनामा पेटसम्बन्धी रोगबाट अत्यधिक मानिस प्रभावित हुने गरेको जानकारी दिए ।

सम्मेलनमा पेट तथा आन्द्रा रोगको पहिचानसम्बन्धी विशिष्टीकृत उपकरण र प्रविधि, शल्यक्रिया विधि, उपचार पद्धतिलगायतका विषयमा विस्तृत छलफल हुने प्रा डा महेश खकुरेलले बताए।

विदेशका समेत गरी करिब एक सय चिकित्सकले एकल एवं संयुक्तरूपमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सम्मेलन भोलिसम्म चल्ने छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ४ : ३४ बजे

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वको