२५ माघ २०८२, आइतबार | February 8, 2026

केपी ओली कप फुटबल : चर्च ब्वाइज युनाइटेड पराजित



काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब ‘केपी ओली एफसी’सँग पराजित भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । केपी ओली एफसीका लागि जय गुरुङले दुई तथा फोडे फोफनाले एक गोल गरे ।

खेलको ५८औँ मिनेटमा फोफनाले पहिलो गोल गरेका थिए । यस्तै खेलको ६८औँ मिनेटमा गुरुङले आफ्नो पहिलो तथा खेलको ८०औँ मिनेटमा दोस्रो गोल गर्दै केपी ओली एफसीलाई ३–० गोलले जित दिलाएका थिए ।

नेकपा (एमाले) को भातृ सङ्गठन युवा सङ्घ नेपालको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ९ : २१ बजे

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको

खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने