४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

‘केपी ओली कप’ भोलिदेखि, विजेतालाई रु ११ लाख



काठमाडौं । यही फागुन ११ देखि १९ गतेसम्म हुने ‘केपी ओली कप–२०८०’ फुटबल प्रतियोगिताका विजेतालाई रु ११ लाख प्रदान गरिने भएको छ ।

राष्ट्रिय युवासङ्घ नेपालले भोलिदेखि आयोजना गर्न लागेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० प्रतियोगिताका द्वितीयलाई रु पाँच लाख, उत्कृष्ट खेलाडीलाई रु एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५०÷५० हजार प्रदान गरिने जनाइएको छ ।

खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० टिमले सहभागिता जनाउने छन् । नेपालका सात टिममा जाउलाखेल युथ क्लब, न्यूरोड टिम (एनआरटी), थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाउने केपी ओली कपका संयोजक सुमन पुरीले जानकारी दिए ।

उनका अनुसार खेलको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उक्त समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, अन्य विशिष्ट व्यक्ति, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी र कलाकारको उपस्थिती रहने छ । उद्घाटन समारोहमा ख्यातिप्राप्त कलाकारद्वय प्रकाश दुतराज र दीक्षा कार्कीको विशेष प्रस्तुति रहने पुरीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उक्त प्रतियोगिताको ११ देखि १६ गतेसम्म एन्फा सातदोबाटो हुनेछ भने १७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल प्रतियोगिता दशरथ रङ्गशाला त्रिपुरेश्वरमा हुनेछ ।

‘सवल राष्ट्र निर्माणका लागि स्वस्थ सेवा, स्वस्थ युवाका लागि खेलकुद’ भन्ने नाराका साथ हुन लागेको फुटबल प्रतियोगिताले खेलकुदको प्रवर्द्धन, खेलाडी उत्पादन, रोजगारसँगैै आर्थिक समृद्धिको आधारसँग जोड्ने अभियानले आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।

खेलकुद क्षेत्रमा ‘समस्या होइन, सम्भावना’ छ भन्ने कुरालाई उजागर गर्दै त्यसलाई नेतृत्व गर्न सक्ने सङ्गठनको रुपमा केपी ओली कप गत वर्षदेखि सुरुआत गरिएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ७ : ०९ बजे

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन

दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि बिहीबार स्थगित