५ भदौ २०८३, शुक्रबार | August 21, 2026

‘केपी ओली कप’ भोलिदेखि, विजेतालाई रु ११ लाख



काठमाडौं । यही फागुन ११ देखि १९ गतेसम्म हुने ‘केपी ओली कप–२०८०’ फुटबल प्रतियोगिताका विजेतालाई रु ११ लाख प्रदान गरिने भएको छ ।

राष्ट्रिय युवासङ्घ नेपालले भोलिदेखि आयोजना गर्न लागेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० प्रतियोगिताका द्वितीयलाई रु पाँच लाख, उत्कृष्ट खेलाडीलाई रु एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५०÷५० हजार प्रदान गरिने जनाइएको छ ।

खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० टिमले सहभागिता जनाउने छन् । नेपालका सात टिममा जाउलाखेल युथ क्लब, न्यूरोड टिम (एनआरटी), थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाउने केपी ओली कपका संयोजक सुमन पुरीले जानकारी दिए ।

उनका अनुसार खेलको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उक्त समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, अन्य विशिष्ट व्यक्ति, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी र कलाकारको उपस्थिती रहने छ । उद्घाटन समारोहमा ख्यातिप्राप्त कलाकारद्वय प्रकाश दुतराज र दीक्षा कार्कीको विशेष प्रस्तुति रहने पुरीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उक्त प्रतियोगिताको ११ देखि १६ गतेसम्म एन्फा सातदोबाटो हुनेछ भने १७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल प्रतियोगिता दशरथ रङ्गशाला त्रिपुरेश्वरमा हुनेछ ।

‘सवल राष्ट्र निर्माणका लागि स्वस्थ सेवा, स्वस्थ युवाका लागि खेलकुद’ भन्ने नाराका साथ हुन लागेको फुटबल प्रतियोगिताले खेलकुदको प्रवर्द्धन, खेलाडी उत्पादन, रोजगारसँगैै आर्थिक समृद्धिको आधारसँग जोड्ने अभियानले आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।

खेलकुद क्षेत्रमा ‘समस्या होइन, सम्भावना’ छ भन्ने कुरालाई उजागर गर्दै त्यसलाई नेतृत्व गर्न सक्ने सङ्गठनको रुपमा केपी ओली कप गत वर्षदेखि सुरुआत गरिएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ७ : ०९ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका