१६ पुस २०८२, बुधबार | January 1, 2026

कृषि उद्यममा नमूना ‘एनएमसी एग्रो’



झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले कृषिमा लगानी र आम्दानी बढाउँदै लगेको छ । सहकारीले १६ बिघा जग्गा खरिद गरेर २०७५ सालदेखि ‘एनएमसी एग्रो फार्म’ सञ्चालन गर्दै आएको हो ।

मेचीनगर-१४ कलमबाडीस्थित सो फार्ममा गाईपालन, माछापालन, हाँसपालन, मौरीपालन, कस्टम हाइरिङ सेवा, साइलेज र तरकारी उत्पादन हुँदै आएको छ । कृषि उद्यममा उक्त फार्म नमुना बन्दै गएको छ । विसं २०५० मा बचत तथा ऋण कारोबार सुरु गरेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले कृषि, उद्योग, व्यापार र सेवाको विविध क्षेत्रमा लगानी बढाउँदै लगेको छ ।

एग्रो फार्ममा रु २२ करोड ७६ लाख लगानी भइसकेको संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए । एग्रो फार्मबाट ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कारोबार र सदस्यको आधारमा कोशी प्रदेशकै ठूलोमध्येको यस सहकारी संस्थाले एग्रो फार्मसहित डेरी उद्योग, बचत तथा ऋण कारोबार, सहकारी पसल र चिया व्यवसाय सञ्चालन गर्दै आएको छ ।

एग्रो फार्मका लेखा विभाग प्रमुख सुमन पोखरेलका अनुसार फार्मले ६ महिनामा रु दुई करोड सात लाख आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक अवधिमा गाईपालनबाट सबैभन्दा धेरै रु ८० लाख २६ हजार आम्दानी भएको छ । सो अवधिमा फार्ममा एक लाख १२ हजार ६४२ लिटर दूध उत्पादन भएको थियो ।

एग्रो फार्ममा एक सय उन्नत जातका गाई पालिएका छन् । जसमध्ये ४५ गाई दूध दिइरहेका लहिनो छन् । एउटा गाईले दैनिक २५ देखि ४० लिटरसम्म दूध दिने गरेको प्रमुख पोखरेलले बताए । मौरीपालनबाट दुई हजार ४५ किलो मह उत्पादन भएको र त्यसको बिक्रीबाट रु १२ लाख ६८ हजार आम्दानी भएको फार्मले जनाएको छ । फार्मले उक्त अवधिमा चार हजार ८१० किलो माछा र ७७३ किलो हाँसको मासु उत्पादन गरेको छ ।

माछापोखरी एक बिघा १० कट्ठा क्षेत्रफलमा फैलिएको छ । जहाँ उत्पादित माछा बेचेर रु १२ लाख ३६ हजार आम्दानी गरेको फार्मले जनाएको छ । फार्ममा गाईभैँसीको पोषिलो आहार मानिएको बेल साइलेज उत्पादन हुने गरेको छ । फार्मले साइलेज जिल्लाभरका साना गाई फार्म र पशुपालक कृषकलाई बिक्री गर्दै आएको छ ।

चालु आवको ६ महिनामा रु १० लाख ७५ हजारको पोषिलो घाँस र रु सात लाख ९० हजारको बेल साइलेज बिक्री भएको फार्मका अधिकृत पोखरेलले जानकारी दिए । उनका अनुसार तरकारी बिक्रीबाट रु ६ लाख ५० हजार र बिरुवा बिक्रीबाट रु ६ लाख ५८ हजार आम्दानी भएको छ । फार्मको कस्टम हाइरिङ सेन्टरबाट रु ५५ लाख ७२ हजार आम्दानी भएको छ ।

आगामी दिनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी)सँग सम्बन्धन लिएर कृषि तथा पशुपालनसम्बन्धी विभिन्न प्रकृतिका तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने फार्मको योजना रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ७ : ५१ बजे

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

बुटवल सडक खाना महोत्सवमा रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन

बुटवल । पर्यटन प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बुटवलमा जारी

विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व,

अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य बिग्रियो, उपचारका लागि वीर अस्पतालमा भर्ना

काठमाडौं । विभिन्न राजनीतिक तथा सामाजिक माग राख्दै विगत ९

भदौ २४ मा भएको लुटपाट र आगजनीमा संलग्नहरुलाई कडा कारवाही हुनुपर्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भदौ २४ मा