६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

कृषि उद्यममा नमूना ‘एनएमसी एग्रो’



झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले कृषिमा लगानी र आम्दानी बढाउँदै लगेको छ । सहकारीले १६ बिघा जग्गा खरिद गरेर २०७५ सालदेखि ‘एनएमसी एग्रो फार्म’ सञ्चालन गर्दै आएको हो ।

मेचीनगर-१४ कलमबाडीस्थित सो फार्ममा गाईपालन, माछापालन, हाँसपालन, मौरीपालन, कस्टम हाइरिङ सेवा, साइलेज र तरकारी उत्पादन हुँदै आएको छ । कृषि उद्यममा उक्त फार्म नमुना बन्दै गएको छ । विसं २०५० मा बचत तथा ऋण कारोबार सुरु गरेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले कृषि, उद्योग, व्यापार र सेवाको विविध क्षेत्रमा लगानी बढाउँदै लगेको छ ।

एग्रो फार्ममा रु २२ करोड ७६ लाख लगानी भइसकेको संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए । एग्रो फार्मबाट ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कारोबार र सदस्यको आधारमा कोशी प्रदेशकै ठूलोमध्येको यस सहकारी संस्थाले एग्रो फार्मसहित डेरी उद्योग, बचत तथा ऋण कारोबार, सहकारी पसल र चिया व्यवसाय सञ्चालन गर्दै आएको छ ।

एग्रो फार्मका लेखा विभाग प्रमुख सुमन पोखरेलका अनुसार फार्मले ६ महिनामा रु दुई करोड सात लाख आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक अवधिमा गाईपालनबाट सबैभन्दा धेरै रु ८० लाख २६ हजार आम्दानी भएको छ । सो अवधिमा फार्ममा एक लाख १२ हजार ६४२ लिटर दूध उत्पादन भएको थियो ।

एग्रो फार्ममा एक सय उन्नत जातका गाई पालिएका छन् । जसमध्ये ४५ गाई दूध दिइरहेका लहिनो छन् । एउटा गाईले दैनिक २५ देखि ४० लिटरसम्म दूध दिने गरेको प्रमुख पोखरेलले बताए । मौरीपालनबाट दुई हजार ४५ किलो मह उत्पादन भएको र त्यसको बिक्रीबाट रु १२ लाख ६८ हजार आम्दानी भएको फार्मले जनाएको छ । फार्मले उक्त अवधिमा चार हजार ८१० किलो माछा र ७७३ किलो हाँसको मासु उत्पादन गरेको छ ।

माछापोखरी एक बिघा १० कट्ठा क्षेत्रफलमा फैलिएको छ । जहाँ उत्पादित माछा बेचेर रु १२ लाख ३६ हजार आम्दानी गरेको फार्मले जनाएको छ । फार्ममा गाईभैँसीको पोषिलो आहार मानिएको बेल साइलेज उत्पादन हुने गरेको छ । फार्मले साइलेज जिल्लाभरका साना गाई फार्म र पशुपालक कृषकलाई बिक्री गर्दै आएको छ ।

चालु आवको ६ महिनामा रु १० लाख ७५ हजारको पोषिलो घाँस र रु सात लाख ९० हजारको बेल साइलेज बिक्री भएको फार्मका अधिकृत पोखरेलले जानकारी दिए । उनका अनुसार तरकारी बिक्रीबाट रु ६ लाख ५० हजार र बिरुवा बिक्रीबाट रु ६ लाख ५८ हजार आम्दानी भएको छ । फार्मको कस्टम हाइरिङ सेन्टरबाट रु ५५ लाख ७२ हजार आम्दानी भएको छ ।

आगामी दिनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी)सँग सम्बन्धन लिएर कृषि तथा पशुपालनसम्बन्धी विभिन्न प्रकृतिका तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने फार्मको योजना रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ७ : ५१ बजे

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार