२० मंसिर २०८२, शनिबार | December 7, 2025

जाउलाखेल केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा



काठमाडौं । राजधानीमा जारी केपी ओली कप राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले आयोजक केपी ओली एफसीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा जाउलाखेलले केपी ओली एफसीलाई २-१ गोलअन्तरले पराजित गर्यो । उसको जितमा निराजन धामी र निरज चौधरीले समान एक-एक गोल गरे । खेलको ३९ औं मिनेटमा जावलाखेलका निराजन धामीले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ८२ औं मिनेटमा जावलाखेलले अग्रता दोब्बर बनायो ।

खेलको ८४ औँ मिनेटमा केपी ओली एफसीका अडामा गोम्वियाकेले एक गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र जाउलाखेल विजयी भयो ।

जावलाखेलले सेमिफाइनलमा (एनआरटी) न्यूरोड टिमविरुद्ध खेल्नेछ । सेमिफाइनल यही फागुन १७ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख पाउनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ४ : २२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल