७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

महिला टोली कालापत्थरतर्फ प्रस्थान



काठमाडौं । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ ।

जलवायु परिवर्तन तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था साथसाथैले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउने भएको हो । विभिन्न क्षेत्रमा अग्रणी भूमिकाका रहेका २५ जना महिलाको टोली बिहीबार बिहान काठमाडौँबाट प्रस्थान गरेको हो ।

उनीहरुलाई युएन वुमका नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पचेकोले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा बिदाइ गरे। जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा पारेको असर र हिमाली समुदायले सामना गर्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउन समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाको समूहले लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गर्न लागेको हो ।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीका अनुसार लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गर्ने र विभिन्न स्थानमा स्थानीय तहका जनप्रतिनिधि र समुदायसँग जलवायु परिवर्तनले पारेको असरबारे अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ ।

उनले भनिन, “हामीले विगत तीन वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा’ वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ (जलवायु न्यायका लागि महिला एकता) भन्ने नारासहित १८ हजार ५१९ फिट उचाइमा रहेको कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउँदै आएका छौँ । यसपटक पनि हामीले जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदा हिमालको फेदमा बस्ने समुदायले भोग्नु परेका समस्या र समाधानका उपायहरुबारेमा पनि विज्ञ र सरोकारवाला निकायसँग अन्तक्र्रिया गर्नेछौँ ।”

साथसाथैले विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा रहेका २५ जना महिलालाई लिएर यही फागुन १७ गते काठमाडौंबाट लुक्लातर्फ प्रस्थान गर्ने, फागुन १९ गते स्याङ्बोचेमा ‘जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला सशक्तीकरण’ भन्ने नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तक्र्रिया कार्यक्रम गर्ने अध्यक्ष कार्कीले जानकारी गराएकी छिन् ।

उनले भनिन, “स्याङबोचेमा कार्यक्रमपछि पदयात्रा गर्दै ८ मार्चमा कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई हिमाल पग्लिँदा समुदायमा परेको असर, कृषि र पर्यटन क्षेत्रमा परेको मारलगायतका विषयमा ध्यानाकर्षण गराउने छौँ ।” यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सोलुखुम्बुको स्याङवोचेमा पुगेर हिमाल पग्लिरहेको विषयप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका थिए । संयुक्त राष्ट्रसङ्घले ‘इन्भेस्ट इन वुमन : ‘एक्सलेरेट प्रोग्रेस’ गतिशील प्रगतिका लागि महिलामा लगानी’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस २०२४ मनाइरहेको छ ।
rss

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  १० : १२ बजे

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा

टिभिएस एनटर्क १२५ का १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता, देशभर विशेष उत्सव आयोजना गरिने

काठमाडौं । नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा ऐतिहासिक उपलब्धि हासिल

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को ‘सुपर ८’ समीकरण पूरा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत ‘सुपर ८’

बुटवलका युवा उद्यमीको विश्वास : अर्थतन्त्र सुधारमा विष्णु पौडेलको भूमिका महत्त्वपूर्ण

बुटवल । बुटवलका युवा उद्यमीहरूले नेपालको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा

भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु

चितवन । यहाँको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु गरिएको छ