३ पुस २०८२, बिहिबार | December 18, 2025

नामिबियामाथि नेपालको रोमाञ्चक जित



काठमाडौं । नेपालले नामिबियामाथि रोमाञ्चक जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको हो ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएपछि नेपालले ३ रनले खेल जितेको हो ।

अन्तिम ओभरमा नामिबियाका लागि जितका लागि १२ रन आवश्यक रहेकोमा करण केसीले शानदार बलिङ गर्दै एक विकेट लिएर ८ रन मात्र दिदै नेपाललाई जित दिलाएका थिए ।

नामिबियाका लागि जेजे स्मिथले सर्बाधिक ५० रन बनाएका थिए भने जान फ्राइलिंकले ३७, जान ग्रीनले २१, जेपी कोट्जेले २५ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

यसअघि नामिबियाविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशलले ५५ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले महत्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए ।

त्यसैगरी नामिबियाका बेन शिन्कोंगोले सर्बाधिक ३ विकेट लिएका थिए भने ज्याक ब्रासेलले २ तथा जान निकोल इटन, रुबेन ट्रम्पेलम्यान र बेर्नार्ड स्कोल्जले एक एक विकेट लिएका थिए ।

यो नेपालको यस सिरिजमा पहिलो जित हो । यो जितपछि नेपालको ३ खेलमा २ अंक रहेको छ । त्यस्तै नामिबियाको भने ३ खेलमा ४ अंक रहेको छ ।

अब सिरिजको अर्को खेलमा शनिबार नेपालले नेदरल्याण्डसको सामना गर्ने छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ३ : ४७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका