७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

नेपाल-पाकिस्तान मैत्रिपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको नवौं संस्करण आजबाट सुरु



काठमाडौं । नेपाल–पाकिस्तान मैत्रिपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको नवौं संस्करण आजबाट सुरु भएकोछ ।

नेपालकालागि पाकिस्तानका राजदूत एच ई अबरार हुसेन हाश्मी, नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डे र हिमालयन बैंक लिमिटेडका डेपुटी सीईओ उज्जल राज भण्डारीले प्रतियोगिताको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

समारोहलाई सम्बोधन क्यानका पूर्वअध्यक्ष पाण्डे र डीसीईओ भण्डारीले सन् २०१४ देखि हरेक वर्ष कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा दूतावासको प्रशंसा गर्दै दुई देशका युवालाई एकताबद्ध गर्न क्रिकेट र खेलकुदको सम्भावना रहेको बताए । उनीहरूले युवाहरूमा स्वस्थ गतिविधि बढाउन खेलकुद र शिक्षाको प्रवर्द्धनका लागि पाकिस्तानको प्रयासको प्रशंसा समेत गरे।

राजदूत अबरार एच हाश्मीले प्रतियोगिताले दुई देशबीचको मित्रवत सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने बताए । उनले क्रिकेट एक खेल मात्र नभई यसले मानिसहरूलाई एकताबद्ध गर्न र सद्भाव र टीमवर्कको भावनालाई बढावा दिने प्लेटफर्मको रूपमा पनि काम गर्ने टिप्पणी गरे। राजदूतले कार्यक्रमको आयोजनामा सहयोग गर्ने विशिष्ट अतिथि, आयोजक समिति र हिमालयन बैंक लिमिटेडलाई धन्यवाद ज्ञापन गरे ।

नौ दिनसम्म चल्ने प्रतियोगितामा यस वर्ष १२ वटा क्रिकेट टोलीको सहभागिता रहेको छ । प्रतियोगिता १० मा समापन हुने तालिका छ। यस प्रतियोगितलाई मिथिला नेपाल टिभीले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ५ : २७ बजे

संविधान माथि भएको क्षतिको पूर्ति गर्न यो चुनावको ठूलो राजनीतिक महत्व छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा