२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल-पाकिस्तान मैत्रिपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको नवौं संस्करण आजबाट सुरु



काठमाडौं । नेपाल–पाकिस्तान मैत्रिपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको नवौं संस्करण आजबाट सुरु भएकोछ ।

नेपालकालागि पाकिस्तानका राजदूत एच ई अबरार हुसेन हाश्मी, नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डे र हिमालयन बैंक लिमिटेडका डेपुटी सीईओ उज्जल राज भण्डारीले प्रतियोगिताको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

समारोहलाई सम्बोधन क्यानका पूर्वअध्यक्ष पाण्डे र डीसीईओ भण्डारीले सन् २०१४ देखि हरेक वर्ष कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा दूतावासको प्रशंसा गर्दै दुई देशका युवालाई एकताबद्ध गर्न क्रिकेट र खेलकुदको सम्भावना रहेको बताए । उनीहरूले युवाहरूमा स्वस्थ गतिविधि बढाउन खेलकुद र शिक्षाको प्रवर्द्धनका लागि पाकिस्तानको प्रयासको प्रशंसा समेत गरे।

राजदूत अबरार एच हाश्मीले प्रतियोगिताले दुई देशबीचको मित्रवत सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने बताए । उनले क्रिकेट एक खेल मात्र नभई यसले मानिसहरूलाई एकताबद्ध गर्न र सद्भाव र टीमवर्कको भावनालाई बढावा दिने प्लेटफर्मको रूपमा पनि काम गर्ने टिप्पणी गरे। राजदूतले कार्यक्रमको आयोजनामा सहयोग गर्ने विशिष्ट अतिथि, आयोजक समिति र हिमालयन बैंक लिमिटेडलाई धन्यवाद ज्ञापन गरे ।

नौ दिनसम्म चल्ने प्रतियोगितामा यस वर्ष १२ वटा क्रिकेट टोलीको सहभागिता रहेको छ । प्रतियोगिता १० मा समापन हुने तालिका छ। यस प्रतियोगितलाई मिथिला नेपाल टिभीले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ५ : २७ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन