७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

हाते कागज उत्पादनमा समस्या



इलाम । सन्दकपुर गाउँपालिका माइपोखरी (आलुबारी) घर भएका महेश्वर फागो दक्षिणी इलामको चुलाचुलीमा झरेर हाते कागज उद्योग सञ्चालन गरिरहेका छन ।

अर्गेली (नेपाली कागज बनाउन प्रयोग गरिने एक प्रकारको बुटो) र लोक्ता प्रशोधन गरेर हाते कागज बनाउँदा घाममा सुकाउन अनिवार्य भएकाले तराईमा आएर उद्योग सञ्चालन गर्नुपरेको उनको भनाइ छ ।

उच्च पहाडी क्षेत्रमा पाइने लोक्ता र अर्गेली प्रशोधन गरी बनाइने हाते कागज उद्योग मौसम अनुकूल नहुँदा सञ्चालनमा कठिनाइ भएको छ । इलाममा करिब आधादर्जन उद्योग दर्ता भए पनि नियमित रुपमा एउटा उद्योग मात्र सञ्चालनमा रहेको छ ।

हाते कागज सरकारी कामकाजमा प्रयोग हुँदै आएको छ । यसका लागि आवश्यक कच्चापदार्थ जिल्लामा प्रशस्तै उत्पादन भए पनि अनुकूल मौसम नहुँदा उद्योग फस्टाउन सकेका छैनन् । लोक्ता उच्च पहाडी क्षेत्रमा उत्पादन भए पनि सुकाउन घाम आवश्यक पर्दछ ।

उच्च पहाडी क्षेत्रमा नियमित घाम नलाग्दा उत्पादनमा समस्या हुने गरेको उद्योग सञ्चालक फागोले बताए । तराईमा जाडोयाममा बाक्लो हुस्सु तथा कुहिरो लाग्ने भएकाले हाते कागज उत्पादन प्रभावित भएको उनको भनाइ छ । पहाडमा मौसम अनुकूल नहुँदा उद्योग सञ्चालनमा आएर पनि बन्द हुने गरेका स्थानीय बताउँछन् ।

क्षेत्रबाट कच्चापदार्थ लेकाली तराईमा ल्याएर उद्योग सञ्चालन गर्ने गरिएको छ । सोही कामका लागि नौ कठ्ठा जमिन खरिद गरेर उद्योग सञ्चालन गरिरहेको दिलमाया चेम्जोङले बताए । उनले ढुवानीमा नै बढी रकम खर्च हुने गरेको सुनाए । उनका अनुसार हाते कागजबाट धूप बनाइने भएकाले पातलो कागज बढी बिक्री हुने गरेको छ ।

सरकारी कार्यालयमा तमसुक लेखनका लागि पनि पहाडे कागजको माग हुने गरेको पाइन्छ । बढी मात्रामा झापाको दमक, विर्तामोड र धरान तथा पोखरामा यसको माग हुने गरेको उद्यमीको भनाइ छ । वार्षिक रू ४० लाख सम्मको कारोबार लिने गरेको चेम्जोङको उद्योगमा दश जनाले रोजगारी पाएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा केही उद्योग दर्ता भए पनि एउटा मात्र सञ्चालन भइरहेको छ । आधुनिक प्रविधिको प्रयोग, कच्चापदार्थको सहज पहुँचलगायत व्यवस्था गर्न सके उद्योग थप प्रभावकारी र नाफामूलक बन्दै जाने उद्योगीको भनाइ छ ।

जापानमा पैसा छाप्न प्रयोग हुने यस प्रकारको कागज जापानलगायत विदेशमा समेत जाने गरेको छ । सरकारले किसान तथा उद्योगीलाई पर्याप्त सहयोग सहयोग गर्न नसकेको उनीहरुको भनाइ छ ।

यो कागजमा लेखिएको कुरा लामो समयसम्म पनि रहिरहने भएकाले यसको प्रयोग बढ्दै गएको छ । गाउँघरमा प्रशस्तै कच्चापदार्थ पाइने भए पनि मौसम अनुकूल नहुँदा उत्पादनमा समस्या भइरहेको उद्योगी बताउँछन् । सरकारलेले यस्ता उद्योग विस्तार तथा संरक्षणका लागि अनुदानका कार्यक्रम ल्याउनुपर्ने उद्योगी फागोले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १ : ४० बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली