२ पुस २०८२, बुधबार | December 18, 2025

पार्टीले एक ढिक्काका साथ अध्यक्षको उम्मेदवार बनाएको छ : सांसद शर्मा



काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताएका छन् ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञाशामा उनले आफू प्रतिस्पर्धीभन्दा राजनीतिक र शैक्षिक योग्यताका हिसाबले अब्बल रहेको दाबी गरे । उनले आफू अध्यक्षमा निर्वाचित भएमा संसदीय प्रणाली र पदको गरिमा बढाउने ढङ्गबाट कार्यसम्पादन गर्ने बताए ।

उम्मेदवार शर्माले भने, “लोकतन्त्रमा कसैको जित वा हार हुँदैन । सबै जित्छन्, सबै हार्छन् । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो, पार्टीले आफ्नो उम्मेदवारीको निर्णय पहिलो पटक गरेकाले अर्को को उम्मेदवार भन्ने प्रश्न हुँदैन ।”

उनले आफू मुलुकमा प्रजातन्त्र स्थापनाको आन्दोलनका क्रममा २०२४ सालमा जेल परेको, २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य रहेको, २०२५ सालमा बिपी कोइरालासँग प्रशिक्षण लिएको, कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा नेविसङ्घको सभापति हुँदा उपसभापतिको जिम्मेवारीमा रहेको बताए । विसं २०३३ मा जिल्ला समिति सदस्य, २०४५ सालमा बाँके जिल्लाको पार्टी सभापति साथै आफ्नो लोकतन्त्रका लागि भएको सबै आन्दोलनमा नेतृत्वदायी भूमिका रहेको जानकारी दिए।

पाँच दशक लामो राजनीतिक यात्रापछि राष्ट्रियसभामा दुई वर्षअघि प्रवेश गरेको र त्यस अनुभवका आधारमा पार्टीले अध्यक्षका उम्मेदवार बनाएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १ : २१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल