१ पुस २०८२, मंगलबार | December 16, 2025

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पपुवा न्युगिनीलाई दियो १९९ रनको लक्ष्य



काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धसतक पूरा गरे । भुर्तेलले आउट हुनुअघि ३९ बल खेल्दै ५९ रन बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै जोरा २६ बलमा ५६ रनको योगदान दिए । उनको अर्धसतकमा ४ छक्का र ३ चौका सामेल छन् ।

लोकेश बमले ६ बलमा १४ रन बनाए । आउट हुनुअघि उनले २ छक्का प्रहार गरे । विवेक यादवले ४ बलमा १९ रन बनाउँदा ३ छक्का प्रहार गरे । आरिफ शेख ४ रन बनाएर बाहिरिए । यसअघि विनोद भण्डारी २७ र कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए ।

नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्ध भएपछि अंक बाँडेको थियो । यस खेल्ने जिते नेपाल फाइनल पुग्नेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : २२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज